SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/१ गते
    ३०९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जिल्लामा कुल लक्ष्यको ९९ प्रतिशतले एचपीभी खोप लगाएका छन् । पाठेघरको मुखको क्यान्सर विरुद्धको उक्त खोप ९९ प्रतिशतले लगाएको जनस्वास्थ्य कार्यालय कुश्मा पर्वतले जनाएको छ । कार्यालयका अनुसार कुल ४ हजार ७ सय १९ मध्ये ४ हजार ६ सय ९८ जनाले खोप लगाएका छन् ।

    जिल्लाभरका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने बालिका र किशोरीलाई माघ २२ गतेदेखि फागुन २ गतेसम्म खोप अभियान संचालन गरिएको छ ।जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविन शर्माका अनुसार जिल्लामा रहेका निजी तथा सामुदायिक विद्यालयमा १ सय ९५ वटा खोप केन्द्रमार्फत खोप अभियान संचालन छ । अभियानलाई कार्यालयले २ चरणमा सञ्चालन गरीरहेको छ ।

    पहिलो चरण अन्तर्गत माघ २२ गते देखि २७ गतेसम्म कुश्मा नगरपालिका, मोदी गाउँपालिका, फलेवास नगरपालिका र जलजला गाउँपालिकामा सम्पन्न भएको छ । दोस्रो चरण अन्तर्गत माघ २८ गते देखि फागुन २ गतेसम्म विहादी गाउँपालिका, महाशिला गाउँपालिका र पैयू गाउँपालिकामा सञ्चालन भइरहेको कार्यालयका जनस्वास्थ्य निरिक्षक प्रकाश गौतमले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं