
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सव आज सम्पन्न भएको छ । प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले मन्त्री पाठकले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सुगम क्षेत्रमा दरबन्दी भन्दा बढि हुने तर विकट क्षेत्रका दरवन्दीनै खाली हुने प्रचलनलाई तोड्न मन्त्रालयले नीतिगत व्यवस्था गर्न थालेको बताउनुभयो । अब सुगम क्षेत्रमा काम गर्ने भन्दा दुर्गम क्षेत्रमा काम गर्ने चिकित्सकलाई तलबसुविधा, बढुवा तथा अन्य प्रोत्साहनमा प्राथमिकता दिने तयारी गरिएको उहाँले बताउनुभयो ।
https://youtu.be/GIWL8V2f_io?si=F_lBJ-OWA-D67rOx
राज्यवाट प्रवाह हुने सवैखालका आधारभुत स्वास्थ्य सेवाहरु हरेक क्षेत्रका नागरिकले समान रुपमा पाउनुपर्छ भन्ने उद्धेश्यले स्वास्थ्य क्षेत्रमा ब्यापक सुधारमा सक्रिय भएर लागेको पाठकले बताउनुभयो । मन्त्रालयको काम सकिएपछि दुर्गम क्षेत्र जान चाहनेहरुको संख्या उल्लेख्य हुने मन्त्री पाठकको दावी छ । ‘हामीले प्रोत्साहनमुलक कार्यक्रम ल्याएपछि मुस्ताङ, मनाङ, गोरखाका विकट गाउँमा पठाईदिनुहोस् भन्नेहरुको लाईन लाग्नेछ’– उहाँले भन्नुभयो ।
मन्त्री पाठकले साविकको धौलागिरि क्षेत्रमा मेडिकल कलेज संचालनको तयारी भैरहेको बताउनुभयो । पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ मध्ये एक जिल्लामा मेडिकल कलेज स्थापना गरिने उहाँको दावी छ । मैले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेर माग गरेको छु, धौलागिरीमा सुविधासम्पन्न मेडिकल कलेज अबको केहि वर्षमै संचालन गर्नेछौ ।’ शुरुमा स्टाफनर्स पढाई हुने उहाँको भनाई छ ।
मन्त्री पाठकले राज्यले स्वास्थ्य क्षेत्रमा उल्लेखनिय बजेटको व्यवस्थपन गर्नुपर्ने बताउनुभयो । नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सुविधा दिनुपर्ने बताउँदै यसमा तीनै तहका सरकारको ध्यान जानुपर्ने उहाँको भनाई छ । मन्त्री पाठकले पर्वत अस्पताललाई ५० शैयाको मान्यता दिने तयारी भैरहेको बताउनुभयो । अहिले १५ शैयामा भएर पनि ७० बेड संचालन गरिरहेको अस्पताललाई केहि समयभित्रै ५० शैयामा स्तरोन्नती गरिने बताउनुभयो । पर्वत जिल्लामात्र नभएर धौलागिरि क्षेत्रकै नागरिकले उपचार गर्ने भएकाले यसको स्तरोन्नतीलाई प्राथमिकता दिने उहाँको भनाई छ ।
उहाँले यसै महिनामा २५ शैयाको धौलागिरि आयुर्वेदीक अस्पताल स्थापना गरिने जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम जिसी, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, फलेवास नगरपालिकाका उपप्रमुख शोभा क्षेत्री, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा लगायतले शुभकामना व्यक्त गर्दै अस्पतालको गुणस्तरीय सेवा विस्तारका लागि आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।
यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक मनमोहन मिश्र, प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक हेमन्त शर्मा पौडेल, धौलागिरि प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट किरण तिवारी, प्रादेशिक अस्पताल म्याग्दीका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। रविरञ्जन प्रधान, पर्वत अस्पताल विकास समितिका पुर्व अध्यक्ष शिव पौडेल, पर्वत समाजका संरक्षक कृष्ण तिवारी, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, लायन्स लिडर बसन्तकुमार कर्माचार्य, ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय कुश्माकी संचालिका राधिका लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
प्रदेश अस्पताल पर्वतका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मेडिकल सुपरिटेन्डेन्ट डा।हेमन्त बास्तोलाले स्वागत र संचालन पत्रकार दिपेश विकले गर्नुभएको थियो ।
बार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी, कार्यालय सहयोगी, सहयोगदातालाई सम्मान तथा विभिन्न खेलकुद प्रतियोगितामा बिजयी बनेकाहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया