SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/९ गते
    २९४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वतको कुश्मा नगरपालिकाका एक हजार पाँच सय किशोरी अर्थात छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप लगाईने भएको छ ।

    भविष्यमा हुने पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि दश वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई खोप लगाउन थालिएको हो । पछिल्लो समय महिलाहरुमा पाठेघरको क्यान्सरको समस्या बढ्दै जान थालेपछि नेपालमा यहि माघ २२ गतेदेखि फागुन ६ गते सम्म अभियानकै रुपमा खोप लगाउने अभियान संचालन गरिने भएको छ । जस अनुसार कुश्मा नगरपालिकामा पनि माघ २२ गतेदेखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्म अध्यययनरत १० वर्षदेखि १४ वर्ष उमेर समुहका किशोरीहरुलाई खोप लगाउन थालिएको हो ।

    https://youtu.be/qYmb5HdkPhM?si=hquAdmn5MAfxlJFI

    कुश्मा नगरपालिका भित्र रहेका सवै विद्यालयमा खोप लगाउने शिविर संचालन गरेर मापदण्ड भित्र परेका सवै छात्राहरुलाई खोप लगाईने कुश्मा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुुसार विद्यालयमा अध्ययनरत छात्राहरुलाई विद्यालयमै पुगेर र विद्यालय बाहिर रहेका छात्राहरुलाई पायक पर्ने स्थानमा क्याम्प खडा गरेर पनि खोप लगाईने भएको छ ।

    खोप लगाउने अभियानका लागि कुश्मा नगरपालिकाले नगर स्तरीय खोप समन्वय समितिका पदाधिकारी र पत्रकारहरुबीच अन्तरक्रिया गोष्ठि सम्पन्न गरेको छ । गोष्ठिलाई सम्वोधन गर्दै नगरप्रमुख रामचन्द्र जोशीले अहिले थुप्रै महिलाहरुमा पाठेघरको क्यान्सरको समस्या देखिएको बताउँदै यसको रोकथाम र न्यूनकरणका लागि एचपिभि खोप अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले कोहिपनि छात्राहरु खोपवाट बञ्चित हुन नदिनका लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु गम्भिर भएर लाग्नुपर्ने बताउँदै आफुले सक्दो सहयोग गर्नुे प्रतिवद्धता जनाउनुभयो ।

    https://youtu.be/GIWL8V2f_io?si=TZqBs2k9jmkNnY4d

    कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेलले सरकारले ल्याएको राष्ट्रिय खोप कार्यक्रमलाई नगरभित्रका कुनैपनि छात्राहरु नछुट्नेगरी संचालन गरिने बताउनुभयो । खोपप्रीत नकारात्मक धारणा सिजर्ना नगरी सवैले अनिवार्य रुपमा लगाउन समेत उहाँले आग्रह गर्नुभयो ।

    कार्यक्रममा प्रादेशिक स्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य निरिक्षक सुमन शर्माले एचपिभि खोपको महत्व, खोपको अभियान, पाठेघरको मुखको क्यान्सर रोग निदानका उपायहरु लगायतका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो । कार्यक्रमको स्वागत कुश्मा नगरपालिका स्वास्थ्य शाखाका अनमी दुर्गाकुमारी शर्मा र संचालन स्वास्थ्य संयोजक यामप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा कुश्मा नगरपालिकाका सवै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य, पत्रकार तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो

    https://youtu.be/GIWL8V2f_io?si=TZqBs2k9jmkNnY4d

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं