SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/१० गते
    ४१४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । सामाजिक काममा अग्रसर रहेको पर्वत कुश्मा नारी समुह कुश्माले आज बिशेष कार्यक्रमका बिच बिभिन्न सघं सस्थाहरुलाई डस्बिन साथै महिला दिदीबहिनलाई स्वास्थ्य सामग्रीहरु बितरण गरेको छ ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी कुश्मा नगरपलिकाका उपप्रमुख स्वस्थानी रिजालले महिलाहरुले नेतृत्व गर्ने जुनसकै समुह,सस्थाहरु निस्पक्ष हुने र सामाजिक रुपमा अग्रसर रहने बताउनु भयो । महिलाहरुको स्वास्थ्यको ख्याल गदै हातले बनेको सेनेटरी प्याडको बितरण कार्यक्रमको प्रशंसा गर्दै नगरपालिका गर्न सकिने सहयोग यस पर्वत नारी समुहलाई आगमीदिनहरुमा गर्न तयार रहेको बताउनुभयो ।

    यस समुहले बिगत २ बर्षदेखि बिभिन्न समाजिक कार्य गदै आएको छ । सामुहिक सरसफाई, बालबालिकालाई पोसाक बितरण, मन्दिर सरसफाई साथै भजनकृर्तन गरेर समाजमा उदारणीय बनेको छ । कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी वडा ६ का वडा अध्यक्ष ईश्वर गिरीले महिला दिदीबहिनीको समाजिक काम प्रतिको झुुकाब देख्दा आफूलाई खुसी लागेको बताउदै आर्थीक भौतिक रुपमा आफ्नो वडा बाट सक्दो सहयोग रहने बताउनु भयो ।

    पर्वत कुश्मा नारी समुह कुश्माका ५० जना महिला दिदीबहिनीलाई सामुदायिक मोतिपुस्तकालयको सहयोगमा उपलब्ध स्वास्थ्य सामाग्रीहरु बितरण गरिएको थियो । सर्बेश्वर महादेब मन्दीर,शिवालय मन्दिर,लायन्स क्लब,इनरह्वील क्लबलाई लगाएत आधा दर्जन संघ सस्थांलाई डस्बीन प्रदान गरेको समुहका अध्यक्ष अनिता सापकोटाले बताउनु भयो ।

    उक्त कार्यक्रमा वडा नं ७ का वडा अध्यक्ष पर्सुराम पुरी समुहका संरक्षक चित्रकला भारती शर्मा लगाएत  बिभिन्न सघं संस्थाका महिला अध्यक्ष तथा प्रतिनिधीहरुले आ आफ्नो मन्तब्य राख्नुभएको थियो । समुहका अध्यक्ष अनिता सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमा स्वागत समुहका सदस्य रश्मीता पौडेल शर्मा साथै कार्यक्रम सञ्चालन समुहकी सचिब बादल कुमारी शर्माले गर्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं