SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/३ गते
    ७५९ &#२३४६;&#२३३५;&#२३२५;

    श्रीभद्र पौडेल,बैशाख । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलुको पहाडसँग तस्विर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिन्छ । कतिपय सेल्फीमा रमाएको भेटिन्छ भने कतिपयलाई आलुको पहाडसँग माया साट्दै तस्विर कैद गर्न भ्याइनभ्याई छ ।
    यतिसम्मकी महोत्सवमा पुग्ने प्राय सबैले पहाडसँगै आ आफ्नो तस्विर खिच्ने गरेका छन् र सामाजिक संजालमा राख्ने पनि ।

    चैत २५ गतेबाट सुरु महोत्सव यहि वैशाख ५ गतेसम्म चल्नेछ ।यतिवेला महोत्सवको मुख्य आकर्षणका रुपमा आलुको पहाडसँग तस्विर खिच्ने कार्य हुन पुगेको छ । तस्विर खिच्न बुढा, पाका देखि अनुज एवम् तन्नेरी पुस्ता समेत हैसिएका छन् ।सम्झना पनि हुन्छ, कृषि उपजका नाममा महोत्सव हुनु आफैमा महत्वपूर्ण पनि छ, हेमजा कृषिका लागि उर्वर भूमि हो शुक्रवार पहाडसँगै तस्विर कैद गर्दै गरेका पोखरा २१ का सुरेन्द्र पोख्रेलले बताए।

    आइतवारसम्म ४८ हजार दर्शक बढीले आलु महोत्सव अवलोकन गरेकोमा २ हजार ५ सय ४ घरपरिवारले आलु खरिद गरी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।उनले हालसम्म २७ लाख बढीको आलु कारोवार भएको पनि बताए।

    महोत्सव अन्तर्गत आइतवार हेमजा साहित्य प्रतिष्ठानद्वारा प्रकाशित भित्तेपात्रो लोकार्षण गरिनुका साथै कलाकारहरु प्रजापती पराजुली, राजु परियार, सरला पाण्डे, कुमार पुन, राजन कार्की, मञ्जु विक र निश्चल थापाका प्रस्तुतिहरु रहे ।त्यस्तै सोमवार प्रकाश दुतराज, पुरुणोत्तम न्यौपाने, पूर्णकला विसी, प्रिन्स लम्साल, वसन्ती थापाका प्रस्तुतिहरु रहने आयोजकले जनाइएको छ ।

    भित्तेपात्रो लोकार्षण गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिराज तिम्सिनाले आलु महोत्सव समग्र पोखरेलीको चाड भएको उल्लेख गर्दै यसलाई सुधार्दै लैजानुपर्ने बताए ।उनले हेमजा साहित्य प्रतिष्ठानका गतिविधिको प्रशम्सा समेत गरे । त्यस्तै महोत्सवमा भजन प्रतियोगिता पनि जारी छ ।भजनतर्फ आइतवार माछापुच्छे« सेवा समाजले प्रस्तुति राख्यो ।

    महोत्सवमा आलु लगायत अन्य सामग्री समेत गरी आइतवारसम्म करिव साढे २ करोडको कारोवार भएको मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहेका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं