
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । “सीप र सम्भावना : नयाँ युगको सुरुवात” भन्ने नारा सहित साताव्यापी कार्यक्रमहरूको आयोजना गरिरहेको पर्वत जेसीजले मङ्गलवार आफ्नो चौथो दिनको कार्यक्रम सम्पन्न गरेको छ ।पहिलो दिनमा वक्तृता प्रतियोगिता, दोस्रो दिनमा लागू औषध दुव्र्यसनबिरुद्ध सचेतनामूलक कार्यक्रम र तेस्रो दिनमा मैत्रीपूर्ण फुटबल कार्यक्रमको आयोजना गरेको जेसीजले चौथो दिनमा विद्यालयमा विभिन्न सामग्री सहयोग तथा कम्प्युटर मर्मत गरेको हो । पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयमा पुगेर सूचना तथा प्रविधिसम्बन्धी विभिन्न सामग्रीहरू हस्तान्तरण गर्नुका साथै विद्यालयमा शिक्षण सिकाइका लागि प्रयोगमा रहेका कम्प्युटरहरूमा आवश्यक मर्मत गरिएको हो ।
विद्यालयमा गरिएको सहयोगप्रति खुसी व्यक्त गर्दै प्रमुख अतिथि कुश्मा नगरपालिका–८ चुवाका वडाध्यक्ष सुरेन्द्र के.सीले जेसीजका अभियानहरूलाई आफूले नजिकबाट हेरिरहेको बताए । सामाजिक सेवामा सक्रिय र नेतृत्व विकासका लागि व्यक्तिगत रूपमा आर्थिक व्यवस्थापन गरेर समाजका हरेक क्षेत्रमा गर्दै आएको सहयोगमा उनले खुसी व्यक्त गरे । विधिको शासन हुनुपर्छ भन्ने मान्यता बोकेको जेसीजभित्रको शासन पद्धति पनि सबैले सिको गर्न लायक रहेको वडाध्यक्ष के.सी.को भनाइ छ ।
कार्यक्रमका संयोजक पवन श्रेष्ठले सामाजिक कामहरूमा नै सक्रिय रहेको जेसीजले बालबालिकाहरूको अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयमा सहयोग गरिएको बताए । जिल्लाभरमा नै सबैभन्दा धेरै विद्यार्थीहरू अध्ययनरत रहेको विद्यालयमा प्रयोगमा रहेका कम्प्युटर तथा उपकरणहरूमा समस्या पनि उत्तिकै मात्रामा आउने भएकाले उक्त विद्यालयमा सामग्री सहयोग र कम्प्युटर मर्मत गरिएको उनको भनाई छ ।
विद्यालयका प्रधानाध्यापक प्रकाश रिजालले पर्वत जेसीजले आफ्ना सामाजिक कामहरूको अभियानका क्रममा सामुदायिक विद्यालयलाई छनोट गरेकोमा संस्थाप्रति धन्यवाद ज्ञापन गरे । राज्यका तर्फबाट कम्प्युटर मर्मत वा आवश्यक उपकरणका लागि भनेर बजेट नआउने र कहिलेकाहीँ विद्युतीय सामग्रीहरूको मूल्य र मर्मत निकै महँगो हुँदा लगानी गर्न नसकिने अवस्था रहेकोमा राज्यले पनि ध्यान दिनुपर्ने उनको भनाई छ ।
पर्वत जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष बसन्तकुमार कर्माचार्य, नारायण माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापाक विनोद सुवेदी लगायतको उपस्थितिमा भएको कार्यक्रममा विद्यालयका शिक्षक तथा बिद्यार्थीहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव प्रवेशराज पुरीले गरेका थिए पनि पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
पर्वत जेसीजले हरेक वर्ष झैँ यस वर्ष पनि साताव्यापी ‘जेसीज सप्ताह–२०२५’ मनाइरहेको छ । सामाजिक सेवा, नेतृत्व विकास तथा सीप अभिवृद्धिमै केन्द्रित कार्यक्रमहरू गर्दै आएको जेसीजले युवामुखी र प्रभावकारी गतिविधिहरू सञ्चालन गरिरहेको छ । बाँकी रहेका कार्यक्रमहरू अन्तर्गत मङ्सिर तीन गते जेसीज बोर्ड स्थापना कार्यक्रम, मङ्सिर चार गते स्लो बाइक रेस प्रतियोगिता र मङ्सिर पाँच गते लोकनृत्य प्रतियोगिता तथा जेसीज सङ्गम रहेका सप्ताहकी मूल संयोजक शर्मिला शर्माले बताइन् ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया