
१लायन्स क्लवका अन्तर्राष्ट्रिय प्रेसिण्डेन्ट सक्सेना पोखरामा, पर्यटन प्रर्वद्धनमा विश्वास
२“वडा खेलकुद महोत्सवमा खेलको उत्सव फुटबलमा एसओएस गण्डकी, यूनी हकीमा सेंट फ्रान्सिसको दोहोरो उपाधि”
३पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
४युवा सञ्जाल पर्वतले जिल्लाका ६१ वटै वडामा शाखा कार्यालय खोल्ने
५सहकारीलाई कोपोमिसमा अद्यावधिक हुन कुश्मा नगरपालिकाको निर्देशन
६पर्वतमा पशु बधशाला तथा मासु जाँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
७प्रतिनिधिसभा सदस्यमा पर्वतबाट १७ जनाको उम्मेदवारी दर्ता
८सबैभन्दा बढी रुपन्देहीमा उम्मेदवार, मुस्ताङ र मनाङमा कम
९एलायन्स क्लव,अब पोखरामा पनि
१०पर्वत जिल्लामा उम्मेदवारहरूको मनोनयन दर्ता शान्तिपूर्ण
११शिवालय माध्यमिक विद्यालय र जनताधन माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीहरुका लागि ५ दिने क्रिकेट तालिम आजबाट शुरु
१२अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले उचाल्यो
१प्रदेश अस्पताल, कुश्मा सेवाविस्तार र सुधारतर्फ तीव्र गतिमा अग्रसर
२पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माध्यमिक विद्यालयलाई
३आमाहरु संसार मात्रै होईनन
४आठौ पर्बत महोत्सबमा भलिबलको उपाधि बिरुवा गाउँपालिका स्याङ्गजालाई
५प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
६प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
७आठौ पर्बत महोत्सब: फलेबास नगरपालिकालाई हराउदै कुश्मा नगरपालिकालाई तृतीय स्थान
८विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
९नवनियुक्त प्रजिअ पौडेलद्वारा पत्रकारसँग साक्षात्कार: ‘निर्वाचनका लागि सकारात्मक सन्देश फैलाउनुस्’
१०आठौ पर्बत महोत्सब: पहिलो उद्घाटन खेलमा कुश्मा नगरपालिका बिजयी
११आठौ पर्बत महोत्सब: जैमिनी नगरपालिका, फलेबास नगरपालिका र कुश्मा गंगटे बिजयी
१२आठौ पर्बत महोत्सब: गलकोट सुजाता होटल र बिरुवा गाउँपालिका स्याङ्गजा फाईनलमा प्रबेश
पर्वत । “सीप र सम्भावना : नयाँ युगको सुरुवात” भन्ने नारा सहित साताव्यापी कार्यक्रमहरूको आयोजना गरिरहेको पर्वत जेसीजले मङ्गलवार आफ्नो चौथो दिनको कार्यक्रम सम्पन्न गरेको छ ।पहिलो दिनमा वक्तृता प्रतियोगिता, दोस्रो दिनमा लागू औषध दुव्र्यसनबिरुद्ध सचेतनामूलक कार्यक्रम र तेस्रो दिनमा मैत्रीपूर्ण फुटबल कार्यक्रमको आयोजना गरेको जेसीजले चौथो दिनमा विद्यालयमा विभिन्न सामग्री सहयोग तथा कम्प्युटर मर्मत गरेको हो । पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयमा पुगेर सूचना तथा प्रविधिसम्बन्धी विभिन्न सामग्रीहरू हस्तान्तरण गर्नुका साथै विद्यालयमा शिक्षण सिकाइका लागि प्रयोगमा रहेका कम्प्युटरहरूमा आवश्यक मर्मत गरिएको हो ।
विद्यालयमा गरिएको सहयोगप्रति खुसी व्यक्त गर्दै प्रमुख अतिथि कुश्मा नगरपालिका–८ चुवाका वडाध्यक्ष सुरेन्द्र के.सीले जेसीजका अभियानहरूलाई आफूले नजिकबाट हेरिरहेको बताए । सामाजिक सेवामा सक्रिय र नेतृत्व विकासका लागि व्यक्तिगत रूपमा आर्थिक व्यवस्थापन गरेर समाजका हरेक क्षेत्रमा गर्दै आएको सहयोगमा उनले खुसी व्यक्त गरे । विधिको शासन हुनुपर्छ भन्ने मान्यता बोकेको जेसीजभित्रको शासन पद्धति पनि सबैले सिको गर्न लायक रहेको वडाध्यक्ष के.सी.को भनाइ छ ।
कार्यक्रमका संयोजक पवन श्रेष्ठले सामाजिक कामहरूमा नै सक्रिय रहेको जेसीजले बालबालिकाहरूको अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयमा सहयोग गरिएको बताए । जिल्लाभरमा नै सबैभन्दा धेरै विद्यार्थीहरू अध्ययनरत रहेको विद्यालयमा प्रयोगमा रहेका कम्प्युटर तथा उपकरणहरूमा समस्या पनि उत्तिकै मात्रामा आउने भएकाले उक्त विद्यालयमा सामग्री सहयोग र कम्प्युटर मर्मत गरिएको उनको भनाई छ ।
विद्यालयका प्रधानाध्यापक प्रकाश रिजालले पर्वत जेसीजले आफ्ना सामाजिक कामहरूको अभियानका क्रममा सामुदायिक विद्यालयलाई छनोट गरेकोमा संस्थाप्रति धन्यवाद ज्ञापन गरे । राज्यका तर्फबाट कम्प्युटर मर्मत वा आवश्यक उपकरणका लागि भनेर बजेट नआउने र कहिलेकाहीँ विद्युतीय सामग्रीहरूको मूल्य र मर्मत निकै महँगो हुँदा लगानी गर्न नसकिने अवस्था रहेकोमा राज्यले पनि ध्यान दिनुपर्ने उनको भनाई छ ।
पर्वत जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष बसन्तकुमार कर्माचार्य, नारायण माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापाक विनोद सुवेदी लगायतको उपस्थितिमा भएको कार्यक्रममा विद्यालयका शिक्षक तथा बिद्यार्थीहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव प्रवेशराज पुरीले गरेका थिए पनि पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
पर्वत जेसीजले हरेक वर्ष झैँ यस वर्ष पनि साताव्यापी ‘जेसीज सप्ताह–२०२५’ मनाइरहेको छ । सामाजिक सेवा, नेतृत्व विकास तथा सीप अभिवृद्धिमै केन्द्रित कार्यक्रमहरू गर्दै आएको जेसीजले युवामुखी र प्रभावकारी गतिविधिहरू सञ्चालन गरिरहेको छ । बाँकी रहेका कार्यक्रमहरू अन्तर्गत मङ्सिर तीन गते जेसीज बोर्ड स्थापना कार्यक्रम, मङ्सिर चार गते स्लो बाइक रेस प्रतियोगिता र मङ्सिर पाँच गते लोकनृत्य प्रतियोगिता तथा जेसीज सङ्गम रहेका सप्ताहकी मूल संयोजक शर्मिला शर्माले बताइन् ।


१प्रदेश अस्पताल, कुश्मा सेवाविस्तार र सुधारतर्फ तीव्र गतिमा अग्रसर
२पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माध्यमिक विद्यालयलाई
३आमाहरु संसार मात्रै होईनन
४आठौ पर्बत महोत्सबमा भलिबलको उपाधि बिरुवा गाउँपालिका स्याङ्गजालाई
५प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने

प्रतिक्रिया