SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/७ गते
    ८६३ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, क्यालिफोनिया ।

    एनआरएनए पश्चिम क्षेत्र, एनआरएनए क्यालिफोर्निया च्याप्टर, जनजाति महासंघ क्यालिफोर्निया र क्यालिफोर्नियाका सबै स्थानीय संस्थाहरूले संयुक्त रूपमा एनआरएनए कप भलिबल प्रतियोगिता अप्रिल १२, १३ र नेपाल डे परेड एसएफ अप्रिल १४, २०२४ मा सान फ्रान्सिस्को शहरमा आयोजना गर्ने घोषणा गरेको छ ।

    हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि आयोजना भएको नेपाल परेड डेको अबसरमा हुने भलिवल प्रतियोगिता यसपाली थप रोचक बनेको छ । प्रतियोगिता पुरस्कार राशीको कारण झनै चर्चामा छ ।

    जसको प्रथम पुरस्कार १२ हजार अमेरिकी डलर, मेडल र प्रमाणपत्र हुनेछ । त्यस्तै दोस्रो पुरस्कार ७ हजार डलर, तेस्रो पुरस्कार ५ हजार डलर र चौथो पुरस्कार २ हजार डलरको हुनेछ ।

    अमेरिका राज्य भरीका सबैलाई आमन्त्रण गरिएको प्रतियोगिता भएको कारण पनि सबैको चासोको बिषय भएको गैर आवासीय नेपाली संघ अमेरिका पश्चिम क्षेत्रीय अध्यक्ष बिष्णु केसि(खत्री)ले बताउनु भएको छ ।

    खत्रीका अनुसार यो हामी सबै नेपाली भाषी र सस्कार मान्नेहरुको पर्व जस्तै भएकोले सबैले सबैतिरबाट सहयोगका हातहरु साथमा प्रत्येक्ष सहभागितको अपेक्षा रहेको पनि बताउनु भयो ।

    हामी सबै व्यक्ति र समुदायका सदस्यहरूलाई यो मेगा इभेन्टमा संयुक्त राज्य अमेरिकामा रहेका नेपाली-अमेरिकी समुदायको प्रतिनिधित्व गर्न सहयोग गर्न अनुरोध गरी खबर गरेको एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरि ओझाले बताउनु भयो । ओझाका अनुसार खेल तथा नेपाल परेड डे को धेरै कुराहरु सफल भएको र केहि कामहरु मात्रै बाकि रहेकोले अब कार्यक्रमलाई भब्य बनाउने तयारीमा जुटेको बताउनु भयो ।

    आज एनआरएनएन सहितको टिमको बैठकमा जनजाती महासँघ क्लालिफोर्नियाका अध्यक्ष प्रकाश लामाले कार्यक्रमलाई सफल पार्न सबैले सक्दो सहयोग गर्न आग्रह गर्नु भएको छ।जनजाती महासँघ नेपाल परेडको पनि मुल आयोजक सस्था हो।

    एनआरएनए क्यालिफोर्निया च्यापटरले क्यालिफोर्नियामा रहेका सबै नेपाली स्थानीय संस्थाहरूलाई मुख्य पोस्टर/फ्लायरको लागि आफ्नो संस्थाको लोगो पठाउन विनम्र अनुरोध गरेको छ ।

    भलिबल प्रतियोगिताको लागि सुरेन्द्र मल्ल, बासु क्षेत्री, पवन शर्मालाई सम्पर्क गर्न सकिने जानकारी समेत दिएको छ । साथै, प्रायोजनको लागि NRNA USA क्यालिफोर्निया च्याप्टरका कोषाध्यक्ष तेजेन्द्र बराललाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

    पर्वत। प्रहरी कार्यालय हुवास पर्वतले  चैत २६ गते जिल्ला पर्वतको पैँयू गाउँपालिका वडा नं ४...

    महायज्ञमा पहिलो कथा प्रवचन विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले सुरु गर्ने

    पोखरा । विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते...

    तेस्रो मेयरकप फुटबल प्रतियोगिताको उपाधि थापाठानाले उचाल्यो

    गोबिन्द,पर्बत। फलेबास नगरपालिकाले आयोजना गरेको बडा स्तरीय तेस्रो मेयरकप पुरुष फुटबल प्रतियोगिताको उपाधि थापाठानाले उचालेको...

    हङकङमा सुरु टी-२०आई क्रिकेट प्रतियोगितामा कतारमाथि नेपालको सहज जित

    काठमाडौं । हङकङमा आजदेखि सुरु भएको टी-२०आई क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले सहज जित निकालेको...

    सहारालाई राज्यले सहयोग गर्नुपर्छ : उपाध्यक्ष आचार्य

    पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष धुव्र आचार्यले सहारा क्लब पोखरालाई राखेपले वार्षिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं