उदय अतीत:- स्याङ्जा ।
स्याङ्जाको आधिखोला गाउपालीकामा USAID द्वारा प्राकृतिक श्रोत व्यवस्थापनमा महिला तथा सिमान्तकृत बर्गहरूको मुद्दाहरुमा जलवायु परिवर्तन र जिवीकोपार्जन अवस्थाबारे सरोकारवाला बैठक सम्पन्न भएको छ।
आधिखोला गाउपालीका अध्यक्ष विश्वनाथ पौडेलले पालिकामा प्रस्सत्त प्राकृतिक संपदा रहेको तर त्यसलाई अझै पनि सहि सदुपयोग गर्न नसकिएको बताउनु भयो।
कार्यक्रममा USAIDको योजना अधिकृत कृष्ण पोखरेलले वन वातावरण तथा बिपद व्यवस्थापन, फोहोरमैला व्यवस्थापन सम्बन्धित छलफल गर्नु भएको थियो।
कार्यक्रममा USAID जल जंगल परियोजनाका वरिष्ठ लैङ्गिक समानता तथा सामाजिक समावेशी अधिकृत सुनिल कुमार चौधरीले सिमान्तकृत वर्ग समानुपातिक पहुच दलित महिलाहरुको हकमा कुरा राख्नु भएको थियो।
कार्यक्रममा पाँचौ चरणको समूह बनाएर प्राकृतिक संपदा जलवायु परिवर्तन र जिवीकोपार्जन अवस्थाबारे वृहत् छलफल गरिएको थियो।