
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
उदय अतीत:- स्याङ्जा ।
स्याङ्जाको फेदीखोला गाउँपालिकामा USAID जल जंगल परियोजना अन्तर्गत जैविक विविधता संरक्षणमा महिला, दलित, जनजाति तथा सिमान्तकृत वर्गहरुको पहुंच, नियन्त्रण, लाभ बाँडफाड, जलवायु परिवर्तनको प्रभाव र जिविकोपार्जनको अवस्था लगाएतका विषयमा छलफल, अन्तरक्रिया तथा बैठक सम्पन्न भएको छ ।
कार्यक्रममा फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्वन्धमा व्यवस्था गर्न बनेको ऐनमा समेटिएका मुख्य विषय प्रस्तुत गर्दै आफ्नो पालिका प्राकृतिक स्रोत व्यवस्थापनमा गम्भीरतापुर्वक लागेको बताउनुभयो । उहाँले ४६ सामुदायिक बन रहेको फेदीखोलामा भू–उपयोग योजना अनुसार पालिकाले जल, जंगल र वातावरणको क्षेत्रमा काम गरिएको दावी गर्नुभयो ।
कार्यक्रममा फेदीखोला गाउँपालिकाका उपाध्यक्ष देउकुमारी गुरुङले जल, जंगल र प्राकृतिक स्रोत व्यवस्थापन गर्ने क्रममा केही कानुनी जटिलता देखिएपनि वातावरण संसक्षण र रोजगार सिर्जनामा पालिकाले निरन्तर काम गरिरहेको बताउनुभयो । उहाँले जल र जंगल प्राणीजातीको जीवन भएकाले प्राकृतिक स्रोतसाधनको जथाभावी प्रयोग गर्न कसैले नहुने बताउनुभयो ।
कार्यक्रममा USAID जल जंगल परियोजनाका चितवन अन्नपूर्ण भू–परिधिका टोली प्रमुख मानबहादुर विश्वकर्माले सहि ढंगबाट जल, जंगल र प्राकृतिक स्रोतको व्यवस्थापन र संरक्षण गर्नु सबै सचेत नागरिकको कर्तव्य भएको बताउनुभयो । उहाँले प्राकृतिक स्रोतमा ह्रास आउँदा सबैभन्दा धेरै मारमा महिला, दलित, जनजाति र सिमान्तकृत वर्गहरु पर्ने हुँदा समाजको सम्ुन्नतीका लागि पनि जल जंगलको संरक्षण र व्यवस्थापन अपरिहार्य भएकोमा जोड दिनुभयो ।
कार्यक्रममा सामुदायिक बन संरक्षण समितिका तर्फबाट आँसु विश्वकर्माले आफुहरुले स्थानीय तहसंगको सहकार्यमा जल, जंगल र बातावरणको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । उहाँले सरोकारवाला निकायलाई उद्यमशिलता र क्षमता अभिवृद्धिमा सघाउन आग्रह गर्दै आफुहरु रचनात्मक काम गर्न आतुर रहेको बताउनुभयो ।
कार्यक्रममा USAID जल जंगल परियोजनाका वरिष्ठ लैङ्गिक समानता तथा सामाजिक समावेशी अधिकृत सुनिल कुमार चौधरीले ग्क्ब्क्ष्म् जल जंगलले गर्ने हरेक क्रियाकलापहरुमा महिला दलित तथा अन्य सिमान्तकृत वर्गहरुको समानुपातिक पहुँच, नियन्त्रण, लाभ बाँडफाडको सुनिश्चितलाई हुने गरि क्रियाकलापहरु संचालन गरिने बताउनुभयो । साथै फेकोफन सहजकर्ता कृष्ण ओझा, USAID जल जंगल परियोजनाका वरिष्ठ अधिकृत किरण न्यौपानले लगायतले अन्तरक्रिया, छलफल तथा वैठकमा सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा महिला तथा सिमान्तकृत वर्गहरुको सवाललाई ध्यानमा राखेर पाँच वटा समुहमा छलफल गरिएको थियो । यस्तै बन क्षेत्रको व्यवस्थापन, मानव र वन्यजन्तु बीचको द्वन्द व्यवस्थापन, वातावरणमैत्री उत्पादन, जलश्रोत, जलवायु परिवर्तन लगाएतका विषयमा चर्चापरिर्चा भएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया