
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत- ।
पर्वतमा अन्तर वडा स्तरीय पुरुष तथा खुल्ला महिला भलिवल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिवल संघ पर्वतको आयोजनामा यहि भदौ १९ गतेदेखि २३ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ नेपालको राष्ट्रिय खेल भलिवलको विकास तथा विस्तार तथा नयाँ प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता गर्न थालिएको हो । जिल्लामा रहेका भलिवल खेलाडीहरु खेल क्षेत्रवाट पलायन हुँदै गईरहेका बेला खेल क्षेत्रद्धारै आयोजित जिल्लामै पहिलोपटक ठुलो राशिको भलिवल प्रतियोगिता हुन थालेको हो ।
अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागि हुने सवै खेलाडीहरु पर्वत जिल्लाकै स्थायी बासिन्दा हुने छन् । अन्तरवडा स्तरीय भलिवल प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५५ हजार ५ सय ५५, द्धितिय पुरस्कार ७७ हजार ७ सय ७७, तृतिय पुरस्कार ३३ हजार ३ सय ३३ र सान्त्वना पुरस्कार १५ हजार ५ सय ५५ रहेको छ ।
प्रतियोगितामा पर्वत जिल्लाका विभिन्न वडाका गरी २५ भन्दा बढि टिम हुने आँकलन गरिएको छ । प्रत्येक वडाको समुहमा दुई जना बाहिरी खेलाडी राख्न पाईने छ । जुन पर्वत जिल्ला बाहिरको हुनुपर्ने नियम रहेको छ ।
त्यसैगरी खुल्ला महिला भलिवल प्रतियोगितामा नेपालका जुनसुकै विभागीय वा अन्य समुहले प्रतिस्पर्धा गर्न पाउनेभएका छन् । महिला भलिल प्रतियोगिताका लागि प्रथम पुरसकार रु ५५ हजार ५ सय ५५ र द्धितिय पुरस्कार ३३ हजार ३ सय ३३ रहेको छ । टिम दर्ता शुल्क ३ हजार रहेको छ ।
हरेक समुहमा १२ जना खेलाडी, टिम कोच, सहकोच, र म्यानेजर गरी १५ जना सम्म सहभागि गराउन पाईने भएको छ । खेलमा सहभागि खेलाडी पर्वत जिल्लाकै हुनुपर्ने र वडा प्रमाणित गर्ने कागजात समेत हुनुपर्ने उल्लेख गरिएको छ ।
प्रतियोगिताको तयारीवारे आयोजक जिल्ला भलिवल संघले आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्रतियोगिताका करिब सवैजसो तयारी पुरा भएको संघका जिल्ला अध्यक्ष लक्ष्मणकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्रि माननिय प्रदेश सासद राजिब गुरुङ्ग अर्थात दिपक मनाङ्गेले गर्नुहुने भएको छ ।
झण्डै २१ लाख रुपैया खर्च लाग्ने प्रतियोगिता पुरस्कार सौजन्य तथा अन्य विभिन्न सहयोगी निकाय र सहयोगदातावाट रकम संकलन गरिएको श्रेष्ठले बताउनुभयो ।
पत्रकार सम्मेलनमा भलिवल प्रतियोगिता हुने मोदी गाउँपालिका वडा नं. ६ तिलाहारका वडा अध्यक्ष दिपेन्द्रजंग लामिछाने, संघका महासचिब मुक्तिबहादुर कोईराला लगायतले प्रतियोगिताको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको संचालन मोदी गाउँपालिकाका शिक्षा अधिकृत दिनेश शर्मा पौडेलले गर्नुभएको थियो ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया