SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/१७ गते
    १०१५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं ।

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको आगामी नेतृत्व पनि केपी ओलीभन्दा अरूबाट नहुने बताएका छन् । ‘एमालेमा नीति र नेतृत्वको विषयमा कुनै समस्या छैन, हामी नीतिमा स्पष्ट छौँ, नेतृत्वमा केपी शर्मा ओलीको विकल्प छैन, उहाँकै नेतृत्वमा पार्टीले मिसन ८४ बनाएको छ, त्यसमा कोही कसैले कुण्ठित विचार नराखे हुन्छ’ बुटवलमा शनिवार आयोजित एमाले प्रदेश अधिवेशनमा उनले भने ।

    ‘एमालेभित्र विधि र नीतिको विषयमा कुनै विमति नभएको, नेतृत्वको विषयमा कुनै विवाद छैन, विवाद ल्याउने कोसिसलाई पानीको फोकाजस्तै बनाएर जाने छौँ ।

    अहिले बलियो पार्टी रहेको एमालेमा विग्रह चाहने अवसरवादीहरूका विषयमा एमाले प्रष्ट छ’ पौडेलले भने–‘पार्टी र गुट विपरीत हुन्, हामीले गुट बन्न नदिने तरिकाले अगाडि बढाएका छौँ । एमालेभित्र गुटको चर्चा गरेर बस्ने छुट कसैलाई नभएको र गुट-उपगुटका रंगिन समाचारबाट सबै प्रतिनिधि सचेत हुनुपर्ने अवस्था छ ।’

    पौडेलले केही समयअघि एमालेले जित्नै पर्ने क्षेत्र गुमाएका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।उनले एमालेले जित्नै पर्ने ठाउँ गुमेको, धेरै मतान्तरले जित्ने ठाउँमा कम मत आएको विषय प्रदेश अधिवेशनमा गम्भीर समीक्षा बन्नुपर्ने बताए ।

    ‘विगतका अनुभव, कमजोरीको समीक्षा हुनुपर्दछ, एमालेमा रहेर विरोधीसँग गठजोड गर्ने, सक्रिय नहुने, जिम्मेवारी पूरा नगर्नेलाई अब छुट हुनेछैन’, उनले भने।

    प्रदेश नेतृत्वको विषयमा महासचिव शंकर पोखरेलसँग जोडेर केही समाचार अर्नगल भएको उनले बताए ।‘एमालेको भविष्यवाणी गर्ने अधिकार यसका सदस्यलाई, प्रतिनिधिलाई मात्र भएको, बाहिर बसेर पार्टीलाई संकटमा धकेल्न सकिन्छ भनेर मुख मिठाउनेलाई बलियो जवाफ दिनुपर्ने समय आएको छ’ उनले भने ।

    लुम्बिनीमा एमाले बलियो भएको देख्न नसक्ने शक्तिले चलाएको हल्लामा नेताकार्यकर्ताहरुले वास्ता गर्न नपर्ने उनको भनाइ थियो । नेता पौडेलले अहिलेको सरकार विदेशीको इशारामा चलेकाले देशवासीले कुनै अपेक्षा गर्न नसक्ने बताए ।

    ‘सरकारमा बसेका सबैलाई एउटै चिन्ता छ, एमाले बलियो बन्छ भनेर मोर्चाबन्दी गरिएको छ, यसमा विदेशी शक्ति केन्द्रले खेलेका छन्, यसलाई चिर्न अब पार्टीपंक्ति एकताबद्ध हुन जरुरी छ’ उनले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं