SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/७ गते
    १२६९ &#२३४६;&#२३३५;&#२३२५;

    अष्ट्रलिया।

    गायिका समीक्षा अधिकारी अहिले तीज कार्यक्रमका लागि अष्ट्रलियामा छिन्। यसैबीच समिक्षाको भिषा रद्ध भएको र ब्ल्याक लिस्टमा परेकाे खबर बाहिर आएको थियो। तर गायिका समिक्षाले उक्त खबर झुटो भएको बताएकि छिन्।

    बिहीबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै समीक्षाले सत्य तथ्य नबुझी आफ्नो बदनाम गराउन खोजिएको आरोप लगाएकी छिन्।

    ‘एउटा उमेर पुगेको मान्छे अष्ट्रेलिया नियम परिधि भित्र रहेर आफ्नो बसाइ अष्ट्रेलीयामा लम्बाएर बस्दा एकतर्फी रुपले अलिकति कुरा पनि नबुझी किन म माथि प्रहार गर्नु भो ? अहिलेको मेरो भिसा निवेदनको स्थितिमा फाइनान्सको केही डकुमेन्ट थप गर्नु पर्ने स्थितिमा मैले पठाई सकेकी छु भएको यति हो’, उनले लेखेकी छिन्।

    म एउटा अध्याँरो समयलाई आफ्नै बलबुता र दर्शक, शुभचिन्तकको मायाले बिर्सेर अगाडी बढ्न खोज्दै गर्दा किन मेरो बदनाम गराउन उद्दत हुनु हुन्छ, मैले भोग्न पर्ने भोगी सके सहन पर्ने सहि सके प्लिज मलाई नगिजोल्नुस उनले अगाडी लेखेकी छिन्।

    उनले आफूले ठूला प्रहार खपिसकेको भन्दै उनले सके मिठा शब्द बोलिदिएर मनोबल बढाइदिन आग्रह गरेकी छिन्। ‘सक्नु हुन्न मलाई मानसिक तनाव नदिनुस्। आज यती मात्र भन्न चाहे कि म ब्ल्याक लिस्ट मा परेको भन्ने खबर सरासर झुठो हो’, उनले भनेकी छिन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं