SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/१ गते
    १५७७ &#२३४६;&#२३३५;&#२३२५;

    रन्जना खत्री क्षेत्री, पर्वत ।
    नेपालको राष्ट्रिय खेल भलिबलको बिकास, बिस्तार एवंम् नयाँ प्रतिभावान खेलाडीहरू उत्पादन तथा पहिचान गर्ने उद्देश्यकाे साथ जिल्ला भलिबल संघ पर्वतद्वारा यहि भदौ १९ गते देखी २३ गतेसम्म “पर्वत जिल्ला अन्तर वडा स्तरीय पुरुष भलिबल तथा खुल्ला महिला भलिबल प्रतियोगिता” हुने भएकाे छ ।

    अन्तर वडा स्तरीय पुरुष भलिबल तथा खुल्ला महिला भलिबल प्रतियोगिता सन्चालन तथा सम्पन्न गर्नको निम्ति विदेशी भुमी हङकङमा रहेर पर्वत जिल्ला तथा उन्य जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीहरू, भलिबल प्रेमीहरू, समाजसेवी, बुद्धिजीवी समेटी एवम् समग्र भलिबल तथा समाजिक कार्यका खोलिएको क्लब पर्वत क्लब हङकङले पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार रू १,५५,५५५/- एक लाख पच्पन्न हजार पाँच सय पच्पन्न रूपैयाँ आर्थिक सहयोग गर्ने भएकाे छ ।।।।।।।

    जो हङकङमा हुने भलिबल प्रतियोगिताको दाबेदार हो र पर्वत जिल्लामा निस्केका उदीयमान र उत्कृष्ट खेलाडीहरूलाई हरेक प्रतियोगिताहरूमा सहभागी गराउने साथै पर्वत जिल्ला भलिबल,संघ तथा खेलाडीहरूलाई सधै हरेक कुराहरूबाट सहयोग गर्ने समग्र पर्वत जिल्लालाई चिनाउने पर्वत क्लब हङकङ द्वारा पर्वत जिल्ला अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार रू १,५५,५५५/- एक लाख पच्पन्न हजार पाँच सय पच्पन्न रूपैयाँ आर्थिक सहयोग गर्नु भयको जिल्ला भलिबल संघ पर्वतका अध्यक्ष लक्ष्मण श्रेष्ठले सुचना केन्द्र डटकमलाई बताएका छन् ।

    जिल्ला भलिबल संघ, पर्वतकाे आयोजकमा हुन लागेकाे उक्त खेललाई सबैले सबै तर्फबाट सहयाेग गरिदिन अपिल गरेकाे जिल्ला भलिबल संघ, पर्वतकाे उपाध्यक्ष जगदिस सुवेदिले सुचना केन्द्र डटकमलाई बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं