
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं, ।
नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण विडारीले पुँजीवादी व्यवस्था रहेसम्म संसारबाट भ्रष्टाचार अन्त्य नहुने बताए । उनले विश्वका विभिन्न देशमा भ्रष्टाचार गर्नेलाई मृत्युदण्डको सजाय हुने गरेको र त्या दैनिक भ्रष्टाचारकै कारण मृत्युदण्ड पाइरहँदा पनि भ्रष्टाचार अन्त्य हुन नसकेको बताए ।
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले दलहरुका नेताहसँग आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले भ्रष्टाचारलाई निवारण र न्युनीकरणमात्रै गर्नसक्ने बताए । उनले उक्त काम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुरु गरिसकेको पनि दाबी गरे ।
अहिले एक सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समितिको माग गर्दै एमालेले संसद् अवरुद्ध गरिरहेको बताउँदै उनले संसद् अवरुद्ध गर्नु जनताप्रतिको अपराध भएको टिप्पणी गरे । संसद् अवरुद्ध गर्ने भए त्यो दिनको तलब भत्ता नलिन, सरकारी गाडी नचढ्न र अंग रक्षकको सुविधा नलिन उनले एमाले नेताहरुलाई चुनौति दिए ।
‘संसद् अवरुद्ध गर्नु भनेको जनताप्रति अपराध गर्नु हो । संसद् अवरुद्ध गर्ने हो भने सरकारी गाडी नचढी आउनुस् । त्यो दिनको भत्ता नखानुस् । त्यो दिनको सरकारी तलब नलिनुस् । त्यो दिन अंग रक्षकहरु हटाउनुस् । राज्यको ढुकुटीबाट ग्वाम ग्वाम खाँदै भुँडी पल्टाउँदै अनि संसद् अवरुद्ध गर्ने ?’– उनले प्रश्न गरे ।
संसदीय समिति बेइमानी गर्न बनाउने समिति भएको उनको दाबी छ । संसदीय समितिले भ्रष्टाचारी को हो भनेर भन्न नसक्ने उनले बताए ।
‘को भ्रष्टाचारी हो भनेर मैले भन्न सक्दिन । त्यो सिआईबीले भन्छ । उसलाई अधिकार दिएको छ । संसदीय समिति भनेको त बेइमानी गर्न बनाउने समिति हो,’– उनले भने ।
सबै दलको सांसदहरु मिलेर बन्ने संसदीय समितिमा मुद्दालाई झामझुम बनाउने खोजेको उनले बताए । मदन भण्डारीको हत्याको अनुसन्धानमा समेत संसदीय समितिले काम गर्न नसकेको उनको दाबी छ ।
‘संसदीय समितिले गर्नुपर्छ भनेको चाहिँ अहिलेको काम रोक्नुपर्छ । प्रचण्डले गर्न लागेको काम रोक्नुपर्छ भनेको हो । राजनीतिक मान्छेले कसरी छानविन गर्छ ? उ विज्ञ हो ? उसको दक्षता छ ? उ अनुसन्धान अधिकारी हो ?’– उनले प्रश्न गरे ।
उनले संसद् आफैंले ऐन बनाएर भ्रष्टाचारको अनुसन्धानको काम सिआईबी, अख्तियार र राजश्व अनुसनधानलाई दिएको स्मरण गराउँदै उनले संसदीय समिति बनाउने हो भने ओलीले उक्त ऐनमा हस्ताक्षर गरेको होईन भन्न सक्नुपर्ने बताए । संसदीय समितिको माग र संसद् अवरुद्ध बेठीक कुरा भएको उनले बताए ।




१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया