
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
निर्मल पौडेल, पर्वत, ।
पर्वत अस्पतालका सेवा सुविधा विस्तार भएसंगै जनविश्वास समेत बढ्न थालेको छ । अस्पतालमा नयाँ चिकित्सकहरु मार्फत सेवा दिन थालिएको छ भने आधुनिकि भवनमा अत्याधुनिक उपकरण मार्फत उपचार सेवा दिन थालिएको छ । यसले गर्दा अस्पतालमा सेवाग्राहीको विश्वास बढेको अस्पताल व्यवस्थापन समितिले दाबी गरेको छ ।
पर्वत अस्पतालमा रोकिएको शल्यक्रिया सेवा सेवा पनि हाल सुचारु भएको छ । साथै नेपाल सरकारले प्रदान गर्ने औषधीहरुको उपलब्धता, स्वास्थ्य बीमाको सहज पहुँच, चिकित्सा सेवा प्रभावकारी बनाउँदै लगेको पर्वत अस्पताल व्यवस्थापन समितीका अध्यक्ष शंकर गिरीले वताउनुभयो ।
आँफु अध्यक्ष भएर आएसंगै अस्पतालका विभिन्न व्यतिथी र समस्याहरुलाई नियन्त्रण गरि चुस्त दुरुस्त रुपमा अस्पतालको सेवालाई २४ सै घण्टा प्रदान गरिएको गिरीले बताउनुभयो । व्यवस्थापकिय पक्ष लाई सेवा मुखी वनाउन आँफु निरन्तर लागिपरेको गिरीको भनाई रहेको छ ।
अस्पतालले सामान्यतया अस्पतालले दिने सेवा भन्दा फरक सेवाहरु वालरोग विशेषज्ञ सेवा,पोषण पुर्नस्थापना गृह सञ्चालन,हेमोडायलासिस सेवा,सामाजिक सेवा इकाई,एकद्धार संकट व्यवस्थापन केन्द्र, नव शिशु उपचार केन्द्र, खोप,परिवार नियोजन जस्ता सेवाहरु प्रदान गरिएको गिरीले वताए ।
पर्वत अस्पतालको निर्माणधिन भवनको ए, बि र सी व्लक निर्माण सम्पन्न भई सेवा सञ्चालनमा रहेको साथै डि र ई व्लक पनि छिट्टै सम्पन्न हुने अवस्थामा रहेको,अस्पतालमा इविलिङ स्टिम जडान गरी कारोवार लाई निष्पक्ष एवं सहज वनाईएको,पुरानो भवन लाई मर्मत गरी ५ वेडको पोषण पुर्नस्थापना गृहलाई १० वेडमा सञ्चालन गरिएको, अटो जेनेरेटर जडान गरी अस्पतालमा २४ सै घण्टा विधुतको व्यवस्था मिलाईएको, अस्पतालमा विरामीहरु टिकट लिन लाईनमा वस्नुपर्ने समस्या लाई मध्यनजर गर्दै टोकन सिस्टम लागु गरिएको,ओपिडी अगाडी प्रतिक्षालमा टिभि जडान गरिएको,नयाँ प्र्रोटेवल डि आर एक्सरे मेशिन जडान भई सेवा सुचारु गरिएको र ३ वेडमा सञ्चालित इर्मजेन्सी सेवा लाई विस्तार गरी ८ वेडमा सञ्चालन गरिएको गिरीले जानकारी दिनुभएको छ ।
गिरीका अनुसार २०४६ साल देखी अस्पताल वाट निस्कने फोहोरमैला जलाउने गरेकोमा वातावरणिय प्रदुषण लाई मध्यनजर गर्दै फोहोर वर्गिकरण गरेर उचित व्यवस्थापन गरिएको छ । यस्तै गर्भवती आमाहरुका लागि छुट्टै गृह स्थापना, स्तनपान गृह स्थापना, मृगौला पीडित विरामीहरुका लागि डायलेसिस सेवा ४ वेड रहेकोमा १० वेड वनाउने उहाँले बताउनुभयो ।
अस्पतालका भौतिक संरचनामा सुधार गर्दै अस्पताल परिसरमा विभिन्न किसिमका फलफूलका विरुवा समेत रोपण गरिएको छ । पछिल्लो समय अस्पतालमा विशेष गरी भाईरल ज्वरो र टाईडफाईडका विरामीहरु आउने गरेको अस्पतालका सुचना अधिकारी लक्ष्मण उपाध्यायले जानकारी दिनुभयो । उपाध्यायका अनुसार अस्पतालमा दैनिक २ सयको हाराहारीमा विरामीहरु आउने गरेका छन् ।
पर्वतको मोदी ३ देउपुरकी सुनिता पौडेलले अस्पताल वाट राम्रो सेवा सुविधा प्राप्त गरेको जानकारी दिनुभयो । यस्तै कुस्मा नगरपालिका १ पाङकी गर्वजाँच गराउन आएकी विमला सुनारले पनि पर्वत अस्पतालकै सेवा सुविधा राम्रो भएकोले यही अस्पतालमा नियमित गर्भजाँच गराउन आईरहेको वताउनुभयो । विगतमा रिफर अस्पतालको रुपमा परिचित पर्वत अस्पतालमा अहिले रिफरका विरामीहको संङ्ख्या ह्वात्तै घटेको छ । पर्वत, वाग्लुङ, म्याग्दी र मुस्ताङका विरामीहरुले अस्पतालमा उपचार गर्न आउने गरेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया