
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं ।
राजस्व अनुसन्धान विभागले २ साउनमा बरामद गरेको तस्करीको १०० किलो बढी सुन गाल्नका लागि नेपाल राष्ट्र बैंकको टक्सार विभागमा बुझाएको छ । उक्त सुन अबको केही दिनमा गाल्न सुरु हुनेछ ।
केन्द्रीय बैंकको विभागमा सुन गाल्नका लागि एउटा मात्रै मेसिन छ । विभागका अधिकारीहरुका अनुसार सो मेसिनले एक पटकमा १० किलो मात्रै सुन गाल्न सक्छ । झण्डै १० वर्षअघि टक्सार विभागले किनेको सो मेसिनले १० किलो सुनसहितको वस्तु गालेर सुन छुट्ट्याउन मात्रै २० देखि ३० मिनेट लाग्छ । तर, त्यसमा सुनको गुणस्तर छुट्ट्याउन भने अझै धेरै समय लाग्छ ।
विभागका प्रमुख थानेश्वर आचार्यकाअनुसार टक्सारमा बुझाएको सुन गाल्न करिब १६ पटक २० देखि ३० मिनेटका दरले मात्रै समय लाग्छ । ‘धेरै समयअघि किनेको एउटा मात्रै मेसिन छ,’ आचार्यले भने, ‘थप किन्ने खोजेको हो, तर किन्न सकिएको थिएन । अहिले आएको सुन एक दिनमा गाल्न चाहिं सकिन्छ कि ।’
आचार्यकाअनुसार आफूहरुसँग एउटा मात्रै मेसिनका कारण सुन गाल्न समय लाग्ने भएपछि सुन गाल्नका लागि तस्करबाट बरामद भएको मेसिन प्रयोग गर्नेबारे राजस्व अनुसन्धान विभागसँग कुरा भइरहेको छ ।
‘सुन गाल्न पर्ने छ, सरकारी निकायसँग एउटा मात्रै मेसिन छ,’ आचार्यले भने, ‘तस्करकै चार वटा त बरामद नै भए । समातिएका मेसिन पनि मगाएर सुन गालौं भनेर राजस्वका महानिर्देशकलाई भनेको छु ।’ टक्सार विभागकाअनुसार राजस्वले बरामद गरेको मेसिन राष्ट्र बैंकको भन्दा ठूलो देखिएको छ ।
राजस्व अनुसन्धान विभागले १० गते नयाँ बजारको सोह्रखुट्टेबाट चिनियाँ तस्करको एक गोदाममा छापा मारेको थियो । सो क्रममा ६६ थान सुन झिकिसकिएको अवस्थामा ‘ब्रेक शु’ र २ थान सुन गाल्ने मेसिन बरामद गरेको थियो । यस्तै, १३ साउनको शनिबार राति टोखामा विभागले गरेको छापामा थप २ वटा मेसिन बरामद भएको थियो । विभागले त्यो मेसिनको क्षमता परीक्षण गरी नसकेको जनाएको छ ।
इन्टरनेटमार्फत अन्तर्राष्ट्रिय बजारमा हेर्दा चिनियाँले प्रयोग गरेको जस्तै मेसिन भारतमा पनि बनेको र बिक्री वित।ण भइरहेको पाइएको छ ।
सुन तथा चाँदी मेल्टिङ मेसिनका रुपमा बजारमा पाइने यस्तो मेसिनको मूल्य नेपाली ४ लाख रुपैयाँ बराबर फ्याक्ट्री मूल्य रहेको पाइएको छ । यी मेसिनले एक पटकमा २ देखि ८ किलोसम्म सुन गाल्न सकिने त्यसका बिक्रेताहरुको जनाएका छन् । यदी चिनियाँ मेल्टिङ मेसिनर्लाइ पनि यसै हाराहारी मान्दा चिनियाँ तस्करको गोदामबाट बरामद भएको ४ वटा मेसिनको अनुमानित अधिकतम क्षमता ३२ किलो प्रतिपटक हुने देखिन्छ । यद्यपि ति मेसिनको क्षमता परीक्षण भने बाँकी नै रहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
सोह्रखुट्टेमा बरामद भएको मेसिन विभागले जफत गरेर कार्यालयमा ल्याइसकेको छ भने टोखाको सुन गाल्ने फ्याक्ट्रीमा भएको मेसिन त्यहाँ नै सिलबन्दी गरिएको छ । तस्करहरुबाट बरामद भएको मेसिनहरु सुन गाल्नकै लागि प्रयोग हुन्छ वा हुन्न भन्नेबारे भने विभागले केही प्रतिक्रिया राष्ट्र बैंकको टक्सार विभागलाई दिइसकेको छैन ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया