SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/१५ गते
    ९४६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक भोलिबाट सुरू हुँदैछ । माओवादीले पनि नेपाली कांग्रेसको जस्तै बैठक प्रत्यक्ष–प्रसारण गर्ने भएको छ । तर, बैठकको मुखमा अध्यक्ष पुष्पकमल दाहाललाई केही नेताहरुले चूनौति दिनेगरि मुभ गरेका छन् ।

    खासगरी अध्यक्ष प्रचण्डले पार्टीमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भित्र्याउने तयारी गरेपछि बिच्किएका उपमहासचिवहरु जनार्दन शर्मा, वर्षमान पुन र शक्तिबहादुर बस्नेतले अध्यक्ष प्रचण्डलाई चूनौति पेश गर्ने तयारी गरेका हुन् । पछिल्लो समय उपमहासचिवत्रय मिडियामा नेतृत्वविरुद्ध एक ढिक्क भएर प्रस्तुत भएको प्रचण्डको सचिवालयको निश्कर्ष छ ।

    प्रचण्डले रैथाने माओवादीले भन्दापनि आफूलाई साथ छोडेका र अहिले फेरि जोडिन लागेका माओवादीहरुले नै बचाउ गरेको भन्ने अभिव्यक्ति दिएपछि शर्मा, पुन र बस्नेत नेतृत्वविरुद्ध एक ढिक्का भएको चर्चा छ ।

    अहिले कोशी प्रदेशमा सरकार गठनको सकस देखिएको छ । सत्ता गठबन्धन र नेकपा (एमाले) दुवैले आफ्नो नेतृत्वमा सरकार बनाउनको लागि दौडधुप गरिरहेका छन् । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीबाट सभामुख रहेका बाबुराम गौतमलाई राजीनामा गराएर कांग्रेसको नेतृत्वमा सरकार बनाउनको लागि पहल लिएका थिए ।

    तर, गौतमले कुनैपनि हालतमा राजीनामा नदिने अडान लिएका छन् । उनले आज विहान बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए । दाहालको प्रस्तावलाई उनले लत्याउनुको कारण उपमहासचिव वर्षमानको मुभ रहेको बुझिएको छ। वर्षमानले भने कोशीमा वामपन्थीहरुको नेतृत्वमा सरकार बनाउनुपर्ने मत राखेका छन् ।

    उनले आजै एमालेबाट मुख्यमन्त्री भैसकेका हिक्मत कार्कीलाई भेटेका छन् । पुनले एमालेकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने राय राखेको कुरा मिडियामा आएको छ। पुनले नेतृत्वको तयारी एकातिर भैरहेको बेलामा त्यसलाई चूनौति दिनेगरि अर्को मुभ गर्नुले पनि माओवादीभित्र नेतृत्वविरुद्ध निर्णायक विद्रोह हुन लागेको संकेत गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं