News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    केपी ओलीको कार्याकर्ता प्रशिक्षण : ‘पेट दुखेजस्तो भयो, के खाउँ होला ?’ होईन, पार्टीको पक्षमा स्टाटस लेख्नुस्…

    काठमाडौं,  ।

    नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेता तथा कार्यकर्तालाई पार्टीको पक्षमा बोल्ने अभ्यास गर्न आग्रह गरेका छन् । हिजो (शुक्रबार) पार्टीको जनवर्गीय संगठनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा आफ्नो नीजि कुराभन्दा पनि पार्टीका कुरा र गतिविधि लेख्न आग्रह गरेका हुन् ।

    ‘पार्टीको पक्षमा बोल्ने अभ्यास गरौं क्या । ‘खोई के भएको हो पेट दुखेजस्तो भयो’ फेसबुक स्टाटस । ‘के खाउँ होला ? पेट दुखेजस्तो भयो’ फेसबुक स्टाटस ।

    ‘एउटा साथीले इनो आउ भन्यो र खाएँ, अलिराम्रो जस्तो भयो’ स्टाटस । के अर्थ छ यस्ता कुराको ? पार्टीको पक्षमा स्टाटस लेख्नुस् न । जय एमाले, जय नेपाल, जय देश, जय एमाले, कमसेकम त्यो लेख्नुस् न,’– उनले भने ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया