
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं, । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले एक वर्षपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट आंशिक उपलब्धि भएको बताएका छन् ।
‘लामो समयसम्म केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेको थिएन । यस बैठकबाट केही हुन सकेन भन्ने होइन । इतिहासमै पहिलोपटक राजनीतिक दलको बैठक प्रत्यक्ष प्रसारण भयो । पार्टीका नियमित कामलाई व्यवस्थित गर्ने, नयाँ काम कसरी अघि बढाउने सन्दर्भमा आंशिक उपलब्धि भएको छ । तर हामीले सोचेजस्तो विविध पक्षमा निर्णय हुन नसकेको पनि सत्य हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता पौडेलले आगामी महासमितिको बैठकमा बाँकी विषय छलफल गरी टुंगो लाग्ने पनि बताए । उनले थपे, ‘नीति अधिवेशन र महासमितिमा खासै ठूलो भिन्नता होइन । महासमितिको बैठक एक वर्षमा अनिवार्य हुने नै कुरा हो । त्यसैले नीति अधिवेशनमा हुने विषय महासमितिको बैठकमा छलफलमा आउँछन् र त्यसमा टुंगिने परिस्थिति बन्छ ।’
पार्टी सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवाको विकल्प खोज्ने कुरा कहाँ पुग्यो भन्ने पत्रकार धमलाको प्रश्नमा नेता पौडेलले भने, ‘केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी सभापति एवं दलको नेता बदल्ने एजेन्डा नै थिएन । एजेन्डा बनाउने कोसिस गरेको भए पनि हुने कुरा थिएन । केन्द्रीय समितिको बैठकमा दलको नेता परिवर्तन हुने विषय नै होइन । नेतृत्व परिवर्तन भन्नेबित्तिकै हुने कुरा होइन । यो क्रमिक रुपमा बहसबाट निर्णायक वातावरण बनाएर हुने कुरा हो । तर, यो एजेन्डा निरन्तर अघि बढिरहन्छ ।’ रुपान्तरण आजको आजै हुने कुरा नभएको पनि उनले औंल्याए ।
प्रदीप पौडेल त गुट परिवर्तन गरिरहने र लाभ लिने नेता हो भन्छन् नि भन्ने प्रश्नमा उनले थपे, ‘पार्टीभन्दा गुट र नेता प्रधान र मठाधीश नमानेसम्म वा गुटबाहिर गएर नेतृत्वमा पुग्न सकिँदैन भन्ने मानसिकता रहेसम्म हामी परिवर्तन हुन सक्दैनौं । नेपाली कांग्रेस खुला बहस गर्ने लोकतान्त्रिक पार्टी हो । मर्यादित ढंगले नेतृत्वलाई प्रश्न गर्न सकिने पार्टी हो । यसमा गुटले जरा गाडेर बसेको छ । गुटले खराब कुरा भने पनि प्रशंसा गर्ने र सिन्डीकेटलाई बलियो बनाउनु उचित होइन ।’
नेता पौडेलले एयरपोर्टबाट एक क्विन्टल सुन तस्करी भएको विषयमा गृहमन्त्री र अर्थमन्त्रीमाथि प्रश्न उठ्नु स्वाभाविक हो । उनले भने, ‘सुन तस्करी भएको छ, भन्सार विभाग जोडिएकाले अर्थमन्त्री, गृहमन्त्रालय जोडिएकाले गृहमन्त्रीमाथि प्रश्न गर्नु स्वाभाविक हो । यो नैतिकताको प्रश्न जरुर हो । तर राजीनामा दिइहाल्नुपर्छ भन्ने होइन ।’ सुनकाण्डको छानबिनमा तदारुकता नदेखाइनु चिन्ताजनक भएको पनि उनले बताए ।
सांसद पौडेलले कोसी प्रदेशमा कांग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्था आउन सक्ने पनि बताए । उनले भने, ‘सभामुख तटस्थ पद हो । कोसी प्रदेशका सभामुखले आफ्नो मर्यादा राख्न नसक्नु कमजोरी हो । अब सरकार बनाउन नसक्ने अवस्थामा पुगे मध्यावधिमा जान्छ । मध्यावधिले कसैको हित गर्दैन । जुनसुकै विकल्प प्रयोग गरेर भए पनि सरकार बनाउनुपर्ने बाध्यता छ ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया