SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/१३ गते
    ९५२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले एक वर्षपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट आंशिक उपलब्धि भएको बताएका छन् ।

    ‘लामो समयसम्म केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेको थिएन । यस बैठकबाट केही हुन सकेन भन्ने होइन । इतिहासमै पहिलोपटक राजनीतिक दलको बैठक प्रत्यक्ष प्रसारण भयो । पार्टीका नियमित कामलाई व्यवस्थित गर्ने, नयाँ काम कसरी अघि बढाउने सन्दर्भमा आंशिक उपलब्धि भएको छ । तर हामीले सोचेजस्तो विविध पक्षमा निर्णय हुन नसकेको पनि सत्य हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

    नेता पौडेलले आगामी महासमितिको बैठकमा बाँकी विषय छलफल गरी टुंगो लाग्ने पनि बताए । उनले थपे, ‘नीति अधिवेशन र महासमितिमा खासै ठूलो भिन्नता होइन । महासमितिको बैठक एक वर्षमा अनिवार्य हुने नै कुरा हो । त्यसैले नीति अधिवेशनमा हुने विषय महासमितिको बैठकमा छलफलमा आउँछन् र त्यसमा टुंगिने परिस्थिति बन्छ ।’

    पार्टी सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवाको विकल्प खोज्ने कुरा कहाँ पुग्यो भन्ने पत्रकार धमलाको प्रश्नमा नेता पौडेलले भने, ‘केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी सभापति एवं दलको नेता बदल्ने एजेन्डा नै थिएन । एजेन्डा बनाउने कोसिस गरेको भए पनि हुने कुरा थिएन । केन्द्रीय समितिको बैठकमा दलको नेता परिवर्तन हुने विषय नै होइन । नेतृत्व परिवर्तन भन्नेबित्तिकै हुने कुरा होइन । यो क्रमिक रुपमा बहसबाट निर्णायक वातावरण बनाएर हुने कुरा हो । तर, यो एजेन्डा निरन्तर अघि बढिरहन्छ ।’ रुपान्तरण आजको आजै हुने कुरा नभएको पनि उनले औंल्याए ।

    प्रदीप पौडेल त गुट परिवर्तन गरिरहने र लाभ लिने नेता हो भन्छन् नि भन्ने प्रश्नमा उनले थपे, ‘पार्टीभन्दा गुट र नेता प्रधान र मठाधीश नमानेसम्म वा गुटबाहिर गएर नेतृत्वमा पुग्न सकिँदैन भन्ने मानसिकता रहेसम्म हामी परिवर्तन हुन सक्दैनौं । नेपाली कांग्रेस खुला बहस गर्ने लोकतान्त्रिक पार्टी हो । मर्यादित ढंगले नेतृत्वलाई प्रश्न गर्न सकिने पार्टी हो । यसमा गुटले जरा गाडेर बसेको छ । गुटले खराब कुरा भने पनि प्रशंसा गर्ने र सिन्डीकेटलाई बलियो बनाउनु उचित होइन ।’

    नेता पौडेलले एयरपोर्टबाट एक क्विन्टल सुन तस्करी भएको विषयमा गृहमन्त्री र अर्थमन्त्रीमाथि प्रश्न उठ्नु स्वाभाविक हो । उनले भने, ‘सुन तस्करी भएको छ, भन्सार विभाग जोडिएकाले अर्थमन्त्री, गृहमन्त्रालय जोडिएकाले गृहमन्त्रीमाथि प्रश्न गर्नु स्वाभाविक हो । यो नैतिकताको प्रश्न जरुर हो । तर राजीनामा दिइहाल्नुपर्छ भन्ने होइन ।’ सुनकाण्डको छानबिनमा तदारुकता नदेखाइनु चिन्ताजनक भएको पनि उनले बताए ।

    सांसद पौडेलले कोसी प्रदेशमा कांग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्था आउन सक्ने पनि बताए । उनले भने, ‘सभामुख तटस्थ पद हो । कोसी प्रदेशका सभामुखले आफ्नो मर्यादा राख्न नसक्नु कमजोरी हो । अब सरकार बनाउन नसक्ने अवस्थामा पुगे मध्यावधिमा जान्छ । मध्यावधिले कसैको हित गर्दैन । जुनसुकै विकल्प प्रयोग गरेर भए पनि सरकार बनाउनुपर्ने बाध्यता छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं