News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    यहि अबस्थामा आगामी चुनावबाट प्रचण्ड र माधव नेपालको पार्टी रहने छैन : गुरू बराल

    नुवाकोट, ।

    नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज गुरूप्रसाद बरालले आगामी निर्वाचनबाट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी समाप्त हुने ठोकुवा गरेका छन् ।

    नेकपा एमाले नुवाकोटको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै नेता बरालले नेकपा माओवादी र एकीकृत समाजवादीसँग कार्यक्रम र कार्यनीति नभएकाले आगामी निर्वाचनबाट पार्टीका रुपमा नरहने बताएका हुन् ।

    यसअघि क्रान्तिमा रहेका माओवादीका कार्यकर्ता अहिले माओवादी नेतृत्व भ्रान्तिमा लागेकाले अशली कार्यकर्तालाई एमालेमा फर्काउनुपर्ने आवश्यकता पनि उनले औंल्याएका छन् । उनले एमालेका कार्यकर्तालाई प्रशिक्षण आवश्यक रहेको बताएका छन् ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया