SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/१० गते
    ८६५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।

    एक महिनादेखि सम्पर्कविहीन रहेका विदेशमन्त्री छिन काङलाई चीन सरकारले बर्खास्त गरेको छ । चिनियाँ सरकारी टेलिभिजन नेटवर्क सीसीटीभीलाई उधृत गर्दै हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार सम्पर्कमा नरहेका विदेशमन्त्री छिनलाई सरकारले बर्खास्त गरेको हो ।

    उनको स्थानमा यसअघि विदेशमन्त्रीको भूमिकामा रहेका चिनियाँ वरिष्ठ कूटनीतिज्ञ वाङ यीलाई जिम्मेवारीमा फर्काइएको छ ।

    २५ जुनमा अन्तिमपटक सार्वजनिक रूपमा देखिएका छिन त्यसपछि सम्पर्क विहिन भएका थिए । अमेरिकाका लागि चीनका राजदूत रहेका छिन राष्ट्रपति सी जिनपिङका विश्वास पात्र मानिन्थे । उनलाई सीले पार्टीको १४ औं महाधिवेशनपछि महत्वपूर्ण जिम्मेवारी दिएर राजदूतबाट सिधै चीनको विदेशमन्त्रीको जिम्मेवारीमा ल्याएका थिए ।

    गएको डिसेम्बरबाट जिम्मेवारी सम्हालेका उनले पछिल्लो समय विभिन्न मुलुकमा कूटनीतिक भ्रमणलाई तीव्रता दिएका थिए ।साथै, लामो समयदेखि रोकिएको अमेरिकी उच्च अधिकारीहरूले समेत चीन भ्रमण गरेका थिए ।

    राष्ट्रपति सीले युक्रेनसँग युद्धमा रहेको रुसको भ्रमण गरेर शान्तिपूर्ण ढंगले समाधान खोज्नुपर्ने सुझाव समेत दिएका थिए । कूटनीतिक भ्रमण र भेटमा सक्रिय रहेका विदेशमन्त्री छिनले २५ जुनमा श्रीलंका र रुसका विदेशमन्त्रीहरूसँग भेट गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं