SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/८ गते
    ८२९ &#२३४६;&#२३३५;&#२३२५;

    खोटाङ ।

    खोटाङको त्रिधार्मिक स्थल हलेसी महादेव थानमा श्रद्धालु भक्तजनको भिड लागेको छ । साउन लागेसँगै साउने सोमबारका ब्रतालु तथा तिर्थालुहरुको भिड् बढेको हो । एकैदिन १५ हजार बढी श्रद्धालुहरुले मन्दिरको दर्शन गरेको हलेसी महादेव विकास समितिका अध्यक्ष समर भुजेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार उक्त मन्दिरमा नेपालका विभिन्न जिल्लासहित भारत, श्रलंका, बंगलादेश, भुटान लगायतका मुलकहरुबाट पनि भक्तजनहरु हलेसी पुगेका थिए । बोलबम सुरु भएसँगै धार्मिक स्थल हलेसीमा भक्तजनको भिड लागेको उहाँको भनाई छ ।

    हलेसी मन्दिरमा साउन महिनाभरी बोलबम मेला र दर्शनार्थीको भिड लाग्ने गर्दछ । भक्तजनले खालीखुट्टै हिँडेर बिभिन्न नदी तथा खोलाबाट जल ल्याएर हलेसीमा चढाउने प्रचलन छ ।

    पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकामना पूरा हुने र सुख शान्ति मिल्ने विश्वासमा हलेसीमा साउनभरि बोलबम मेला लाग्ने गर्दछ । यस्तै, साउन लागेसँगै दिक्तेलको मझुवागढी, वराहपोखरी लगायतका शिवालयहरुमा दर्शनार्थीको भिड लागेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं