
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
राजाराम पौडेल, पोखरा ।
पोखरा सांगीतिक कलाकार संघ नेपालको अध्यक्षमा हर्कराज गुरुङ (भाइ गुरुङ) सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरा ट्रेडमलमा रहेको क्लासिक चुलो रेष्ट्रोमा भएको सातौं अधिवेशनबाट हर्कराजको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।
सघंको उपाध्यक्षमा टोप बहादुर खत्री, सचिवमा भाष्करध्वज श्रेष्ठ, कोषाध्यक्षमा शान्तरत्न बज्राचार्य र सह–सचिवमा विनोद वानियाँ चयन भए । यसैगरी सदस्यमा ईन्द्र बहादुर गुरुङ, आनन्दराज बज्राचार्य, अमित गुरुङ र रोहनजंग कार्की छानिए । थप रिक्त दूई सदस्य कार्यसमितिले मनोनयन गर्नेछ ।
वरिष्ठ संस्कृतिकर्मी तीर्थ श्रेष्ठको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको हो । समितिको सदस्यमा संस्थाका सल्लाकार शेरबहादुर गुरुङ र ज्ञानबहादुर थापा रहेका थिए ।
यसअगाडि संघको १४ औं साधारण सभा तथा सातौं अधिवेशनमा बोल्दै गीतकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखराका गीतकार, संगीतकार तथा गायकलाई एकसाथ देख्ने रहर आफ्नो रहेको बताए । ‘गीतको लागि आवश्यक पर्ने तीन तत्व एकसाथ देख्ने रहर छ सबै टीमको तालमेल नभएर गीत राम्रो भएन’ उनले भने ।
सांगीतिक क्षेत्र अव्यवस्थित भएकोले संगठित हुनुपर्नेमा गीतकार समेतर रहेका श्रेष्ठले जोड दिए । कलाकारको आम्दानीको श्रोत पहिला भन्दा घटेको र हुने गरेका स्टेज कार्यक्रमा समेत केही व्यक्तिको मात्र पहुँच पुग्दासमस्या भएको औल्याए । केही राम्रा कार्यक्रम ल्याएर पोखराको सांगीतिक क्षेत्रमा नयाँ भाइब्स ल्याउनुपर्नेमा उनको जोड थियो । संस्थागत रुपमा संवाद र संगत गर्दै अगाडि बढेमा लक्ष्यमा पुग्न सकिने भनाई समेत उनले राखे ।
संघका सल्लाहकार शेरबहादुर गुरुङले गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानमा पोखरा सांगीतिक कलाकार संघमा आवद्ध संगीतकर्मी पुग्न नसक्नु दुःखद भएको बताए । आगामी दिनमा ती प्रतिष्ठानहरुमा संघको प्रतिनिधित्व हुने हिसाबले अगाडि बढ्न समेत उनले नयाँ कार्यसमितिलाई सुझाब दिए । अर्का सल्लाहकार ज्ञान बहादुर थापाले कलाकार राज्यको सम्पत्ति भएपनि राज्यले हेर्ने दृष्टिकोण कलाकारमैत्री नभएको गुनासो गरे ।
पोखरा सांगीतिक कलाकार संघ नेपालका अध्यक्ष हर्क बहादुर थापा क्षेत्री (सुनिल थापा) को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष हर्कराज गुरुङले गरेका थिए । राजेन्द्र अधिकारीले पेश गरेको सचिवको प्रतिवेदन र शान्तरत्न बज्राचार्यले पेश गरेको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र अधिकारीले गरेका थिए ।
आजभन्दा झण्डै १८ वर्ष अगाडि स्थापना भएको संघमा हाल पोखराका ३८ जना संगीतकर्मी सदस्य रहेका छन् । हालसम्म संघको नेतृत्व दीपक भट्टराई, श्यामशुङ तामाङ र हर्क बहादुर थापा क्षेत्रीले कुशलतापूर्वक पुरा गरेका छन् । सबैको साथ सहयोगमा संघलाई नयाँ उचाईमा पु¥याउने प्रतिवद्धता नवनिर्वाचित अध्यक्ष हर्कराज गुरुङले गरेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया