News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News कला साहित्य मनोरञ्जन समाचार

    बिस्तारै बिस्तारै निको हुन्छ घाउ भनेको : सिर्जना खनाल

    “गजल “
    बिस्तारै बिस्तारै निको हुन्छ घाउ भनेको
    मैले यहि सोचेर तिमिलाई नचलाउ भनेको

    छोरा तैले जग्गा ,जमिन, त किन्न सक्लास
    पैसाले किन्न सक्दैनस है आमा बाउ भनेको

    दुनियाँ देखेर पनि नदेखे झै गर्छ तिमिलाई
    त्यसैले दुनियाँलाई आँसु नदेखाउ भनेको

    देख्नेहरुले त तस्बिर खिचे भिडियो बनाए
    कसैले सुनेनन ,घाइते मान्छेले बचाउ भनेको

    कसले सुनायो कसलाई हतार भैसक्यो ?
    आमालाई छोरा मरेको खबर नसुनाउ भनेको

    रचना – सिर्जना खनाल
    गल्याङ न. पा , ९ बेल्चौर

    लाेक कल्याणकारी

    प्रतिक्रिया