
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं, ।
नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले कांग्रेस माओवादी दुवै पार्टीले एमालेलाई ठाउँ पाएसम्म घानमा पार्ने गरेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दुवै पार्टीले एमालेलाई पटक–पटक घानमा पारेपनि आफूलाई अप्ठ्यारो परेको बेलामा सहानुभूति खोजेको बताए ।
उनले ०६५ सालमा एमालेले नै कांग्रेसलाई जोगाएको दाबी गरे । ०६५ सालमा प्रचण्डले भनेको मान्छे एमालेले राष्ट्रपति मानेको भए अहिले कांग्रेसको अस्तित्व नै संकटमा रहेको अवस्था हुने उनको भनाई छ ।
‘०६५ मा राष्ट्रपति यदि प्रचण्डले भनेको मान्छे एमालेले मानेको भए कांग्रेसले पिण्ड खाईसक्थ्यो । हामीले रामबरण यादवलाई राष्ट्रपति दिएर माओवादीजस्तो यमदूतको अवतारबाट कांग्रेसलाई हामीले जोगायौं,’– उनले भने ।
एमाले महासचिव मदन भण्डारीको निधन हुँदा कांग्रेसले सहानुभूति पनि व्यक्त नगरेको उनको भनाई छ । एमालेले त्यसो नगरेर माओवादी, कांग्रेस दुवैको दुःखमा दुखको आँशु बगाएको उनले बताए । ‘मदन भण्डारी मर्दाखेरी कांग्रेसले रक्सी खायो । एमाले कांग्रेसको आँशुमा आँशु बगाउँदै आएको र माओवादीको आँशुमा आशु बगाउँदै आएको पार्टी हो,’– उनले भने ।
अबको राजनीतिमा एमालेसँगको सहकार्यलेमात्रै अगाडि बढ्न सकिने उनको दाबी छ । एमालेसँग सहकार्य नगरेको खण्डमा दुवै पार्टी डुब्ने उनको दाबी छ । ‘अब प्रचण्डलाई कठै भन्नुपर्ने दिन आउँछ, राजनीतिमा । एमालेलाई जो चाँडो सम्झिन्छ, तिनीहरुको मात्रै भाग्य चम्किन्छ । नत्र यी दुवै पार्टी डुब्छन् ।
०४८ देखि ०६४ सम्म एमालेलाई कांग्रेसले खाडल खन्यो । ०६४ मा आफैं पर्यो । रामवरणलाई चुनाव जिताएदेखि लिएर ७० मा शुसिल कोइरालालाई प्रधानमन्त्री बनाउँदासम्म एमाले चाहियो । अब देउवाले लात्ताले हान्नेवित्तिकै प्रचण्डजीको पनि जाने ठाउँ काही छैन,’– उनले भने ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया