SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/२७ गते
    ९६६ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतीत स्याङ्जा ।

    नेपाली लोक दोहोरी गितले पछिल्लो समयमा तहल्का मच्चाउने क्रम तिब्र रुपमा बडेको छ। सामाजिक संजाल युटुब च्यानलमा मात्रै नभई अहिलेको पछिल्लो परिवेशमा टिकटकमा धेरै व्यक्तित्व हरुले नेपाली लोक दोहोरी गितलाई अत्यन्तै मन पराएको देख्न पाईन्छ।

    यसै क्रममा पर्वतमा जन्मिएर बुटवललाई कर्मथलो बनाउदै आएकी सब्द सँग हरेक समय खेल्न रुचाउने कल्पित मिनु कार्किको सब्द अनि गितसंगीत लाई अत्यन्तै माया गर्ने / रुचाउने , सुनवलमा बस्दै आउनुभएका लक्ष्य बिश्व जि को लगानी रहेको उक्त गितमा महिला पक्षमा पुर्णकला वि.शि,जमुना क्षेत्रीले आवाज दिनु भएको छ भने पुरुष पक्षमा लक्ष्य विश्व, र अमरदिप वि शी ले आवाज दिनु भएको छ।

    उक्त गीतमा रवि मल्ल, लक्ष्मी श्रीपाल, राजु सुवेदी र रमा आचार्यको अभिनय रहेको छ। उक्त भिडियोमा एउटालाई प्रेम गरेपछि जिन्दगीको अन्तिम घडि सम्म उक्त व्यक्ति सँगै रहने देखाईएको छ।

    प्रेम अटुट बन्धन हो, यसलाई निभाउन दुवै पक्ष्यको विस्वास, पुण रुपमा हुनु पर्ने उक्त एल्बममा देख्न सकिन्छ। कल्पितले आधा दर्जन गितमा शब्द भरिसक्नुभएको छ साथै उहाले कथा, कविता, गजल, मुक्तक, जस्ता साहित्यमा पनि कलम चलाउद‌ै आउनु भएको छ।

    साथै कार्किले नेपाली चलचित्र,लघु चलचित्र तथा विभिन्न टेलिसिरियल गरि करिब 10 दर्जन जतिमा अभिनय / लेखन / निर्देशन गर्दै कलाकरिताको भुमिका निभाउनु भएको छ। र यो क्षेत्रमा कल्पित मिनु कार्किको राम्रो संभावना रहेको लक्ष्यविश्व जि बताउनुहुन्छ।

    भर्खरै “खरको झुप्रो ” सामाजिक संजाल युटुब (लक्ष्य विश्व) अफिसियल च्यानल बाट सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा संदेश कवर को छायांकन ,रन्जित सुनारको निर्देशन ,धुर्ब परियारको सह- निर्देशन र रोशन धितालको सम्पादन रहेको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं