SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/२२ गते
    ७७९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    नेकपा (एकीकृत समाजवादी) कि सचिव रामकुमारी झाँक्रीले पार्टीभित्र व्यापक असन्तुष्टि बढेको बताएकी छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीभित्र सैद्धान्तिक र व्यवहारिक पक्षमा धेरै असन्तुष्टि रहेको बताएकी हु्न् ।

    पार्टीभित्र चुलिएको असन्तुष्टिलाई सम्बोधन गर्न कुनै मिटिङ, सम्मेलन वा महाधिवेशनको विकल्प नरोजिएको उनको भनाई छ । तत्कालीन एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) बनाउनुमा आफूहरुको कमजोरी भएको उनले स्वीकार गरिन् । आफूहरुले जे उद्देश्यले पार्टी फुटाएको हो त्यो पुरा नभएको उनको स्वीकारोक्ति छ । नेतृ झाँक्रीले यसको समीक्षा इतिहासमा हुने बताईन् ।

    ‘जतिबेला हामी फुटाउनेमा लाग्यौं, फुटाउनेमा प्रेरित गर्नेहरु भयौं, यसमा हामी सबैको थोर बहुमत कमजोरी, गल्तीहरु भए होलान् । त्यसको समीक्षा गर्नपर्छ, भोलि इतिहासमा होला । किनभने हामीले जे उद्देश्यले पार्टी फुटाएको थियौं, जे परिस्थिति सिर्जना भयो, त्यसको समीक्षा बाहिर नभने पनि भएकै छ । त्यसले एउटा परिस्थिति निर्माण गरेन भन्ने पनि भएकै छ । त्यसले गर्दाखेरी सायद हाम्रा पनि कमीहरु थिए होला, लिडरसिपको पनि कमीहरु थिए होला,’– उनले भनिन् ।

    ‘अब एमालेमा फर्कने तयारीमा हो ? केपी शर्मा ओलीको भनाइृ छ’ भन्ने धमलाको प्रश्नमा झाँक्रीले आफूलाई यस विषयमा कुनै जवाफ दिन आवश्यक नरहेको बताईन् । नेकपा (एस) को महाधिवेशनसम्म ‘पर्ख र हेर’ को अवस्थामा बस्नेतर्फ लक्षित गर्दै उनले भनिन्, ‘हेरौं अधिवेशन, महाधिवेशनसम्म जाऔं, कमिटीहरु, जनसंगठनहरु पुन गठन गरौं । विचार र राजनीतिका क्षेत्रमा अलिकति काम गरौ, हुन्छ कि ? महाधिवेशन गरौं ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं