News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    सबै जना मरेका लाशहरु हुन ? भन्दै बालेन शाह सांसदहरुमाथि खनिए…

    काठमाडौं, ।

    काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सांसदहरुमाथि शंका लागेको बताएका छन् । उनले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालभन्दा पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको उल्लेख गरेका छन् । हालै प्रधानमन्त्री दाहालले दिएको एक अभिव्यक्ति विवादमा परेको छ ।

    सो सन्दर्भमा बालेनले सरकारमा दिल्लीको आदेश मान्ने सांसदहरुको बहुमत रहेको पनि आरोप लगाएका छन् । उनले देश भारतीय गुलामहरुले चलाईरहेको र आफूमात्र विरोधमा रहेको सुनाएका छन् । उनले अरु सबै मरेको लाश हो ? भन्दै प्रश्नसमेत गरेका छन् ।

    उनले फेशबुकमा लेखेका छन्- हामीलाई प्रचन्डज्यु भन्दा प्रचन्डज्युलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथी शंका लायो,
    दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेछ सरकारमा ।
    भारतीय गुलामहरुले देश चलाउदैछ, र म मात्र बिरोधमा ?
    र म मात्र अदालतको अबहेलनामा ?
    सबै जना मरेका लाशहरु हुन ?

    लाेक कल्याणकारी

    प्रतिक्रिया