SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/२१ गते
    ४९१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख एवं अभिनेत्री एलिजा गौतमले सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी छन् । गत माघ दोस्रो साता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी अभिनेत्री गौतमले धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित भएको उल्लेख गर्दै आफूले अब सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी हुन् ।

    उनले आज (बिहिबार) सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘आज उहाँको (मेयर) श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुशी छु । सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ । श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरुले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु ।’

    उनले समाजसेवामा निरन्तर सक्रिय रहने र राजनीतिबाट बिदा भएको घोषणा गर्दै लेखेकी छन्, ‘धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु । उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैं उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ ।’

    दलको सक्रिय राजनीति गर्नेहरूलाई एकचोटी धरान आएर मेयरको काम हेर्नसमेत उनले अनुरोध गरेकी छन् । उनले अगाडि भनेकी छन्, ‘यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...

    ललितपुरबाट जुवातास खेल्दै गरेको अवस्थामा ७ लाखसहित १२ जना पक्राउ

    काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् ।...

    पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

    पोखरा। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र...

    एक दिवसीय क्रिकेट: अरण्यज्योतीसंग ७६ रनको हारसंगै गण्डकी बाहिरियो

    पोखरा । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा समूह सि बाट गण्डकी क्रीकेट...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं