SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/४ गते
    १०१६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव माओवादी केन्द्र, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासम्मिलित समाजवादी मोर्चा घोषणाको तयारीमा छन् । तर, चार दलका समाजवादी मोर्चा घोषणा हुन लागेको बेलामा अध्यक्ष यादवलाई प्रधानमन्त्रीको अफर आएको चर्चा छ ।

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेताहरुले सत्ता गठबन्धन तोडेर आए प्रधानमन्त्री बनाउन सकिने जवाफ अध्यक्ष यादवलाई दिएको जसपाभित्र गाईगुँई चलेको छ । एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनमतलगायतलाई मिलाएर नयाँ गठबन्धन बनाउन सकिने र पहिलो चरणमा सरकारको नेतृत्व लिन उपेन्द्र यादवलाई प्रस्ताव गरेको चर्चा छ ।

    तर, यादव भने एमालेबाट प्रस्ताव आएकोबारे मौन छन् । उनी आज अपरान्ह ४ बजे घोषणा हुने समाजवादी मोर्चाको तयारीमा छन् । यसअघिपनि यादवलाई कांग्रेस–माओवादी नेतृत्वको गठबन्धनमा सामेल हुन आग्रह गरिएको थियो । चुनावमा एमालेसँग गठबन्धन गरेको कारण एमालेले सहकार्यको लागि प्रस्ता गरेको हुनसक्ने जसपाका नेताहरुको भनाई छ ।

    मधेश प्रदेशमा सुरुमा समर्थन फिर्ता लिएको एमालेले जसपाका मुख्यमन्त्री सरोज यादवलाई पूनः विश्वासको मत दिएर सहकार्यको सम्भावनालाई जिवितै राखेको छ । उता, कोशी प्रदेशमा पनि एमाले नेतृत्वको सरकारलाई जसपाको साथ चाहिएको छ ।

    मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएपछि एमाले नेताहरुले आफूहरुले कोशी प्रदेशमा जसपाको साथ लिनको लागि सहकार्य गरेको भनेर प्रतिक्रिया दिएका थिए । कतिपयले भने एमालेले साँच्चै नै जसपाका अध्यक्ष यादवलाई प्रधानमन्त्री बनाएर भएपनि सहकार्य गर्न खोजेको भन्ने गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं