
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
काठमाडौं, । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले जनताले चाहे आफू पार्टी खोल्न पनि तयार रहेको बताएका छन् ।
‘पार्टी खोल्ने कि नखोल्ने, त्यो कुरा पब्लिकले भन्ने हो । पब्लिकहरु बालेन शाह र म मिलेको हेर्न चाहनुहुँदो रहेछ । पब्लिक चाह्यो भने बालेन र म मिलेर पार्टी खोल्न पनि सक्छौं । तर नगरपालिका चलाउनु र पार्टी चलाउनु फरक कुरा हो ।
पार्टी बनाएपछि हामी पनि अरु जस्तै हुन्छौं कि भन्ने डर लाग्छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग राईले भने ।
जनताले चाहे आफू प्रधानमन्त्री बन्न सक्ने पनि उनले बताए । राईले थपे,’ व्यक्तिगत रुपमा मलाई प्रधानमन्त्री बन्ने चाहना छैन । म कोही होइन पनि । मैले त्यस्तो संकल्प गरेको पनि छैन । तर पब्लिक चाहे प्रधानमन्त्री बन्नै नसक्ने भन्ने त छैन । प्रधानमन्त्री बन्ने सम्भावना हुन्छ । पब्लिकले चाहे होइएला, नचाहे होइँदैन ।’
९८ दिनमै कोकाहा खोलाको पानी धरान ल्याएर वाहवाही बटुलिरहेका मेयर राईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई श्रमदानका लागि बोलाउनुभएन भन्ने पत्रकार धमलाको प्रश्नमा भने, ‘मैले अहिले बोलाएको छैन । तर बालेन पनि कुनै न कुनै दिन आउनुहुन्छ । उहाँ त्यत्रो महानगर चलाइरहनुभएको छ । फुर्सद कहाँ हुन्छ र !’ बालेनसँगको सम्बन्धमा आफ्नो कुनै दरार नआउने ठोकुवा पनि उनले गरे ।
‘श्रमदान गर्न कोही नेता आएनन्’
मेयर राईले आधिकारिक रुपमा राष्ट्रपति र प्रधानमन्त्रीलाई श्रमदानका लागि बोलाए पनि नआएको बताए । उनले थपे, ‘बोलाउन त बोलाएकै हौं । तर राष्ट्रपति र प्रधानमन्त्रीले कहाँ भ्याउनुहुन्छ र ? तर आएको भए उहाँहरुको इज्जत नै बढ्थ्यो होला । विभिन्न संघसंस्थाको प्रतिनिधित्व गरेर विभिन्न व्यक्तिहरु आउनुभएको थियो । तर राजनीतिक दलका चिनिने नेताहरु कोही आउनुभएन ।’
कोसी प्रदेशका मुख्यमन्त्री मात्र नभएर धरानकै वडाध्यक्षहरु पनि श्रमदान गर्न नआएको मेयर राईले बताए । उनले भने, ‘उहाँहरु किन आउनुभएन ? त्यो कुरा उहाँहरुलाई नै सोध्नुस् । म कुनै पार्टीको लाइनबाट मेयर भएको होइन । त्यसैले उहाँहरुले मलाई रुचाउनुहुन्न होला । मेरो बुझाइ, हिँडाइ मन पर्दैन होला । श्रमदानलाई स्वीकार्नु भएको छैन होला । श्रमदान हर्क साम्पाङको मात्र हो भन्ने परेको होला । मलाई त्यसमा कुनै गुनासो छैन । मलाई जनता दाहिने भए पुग्छ । अरु जोसुकै देब्रे होस्, मलाई मतलब भएन ।’
‘हरेक शनिबार- श्रमबार’
कोकाहाको पानी धरान ल्याउन आफूलाई अवरोध गरिएको दुखेसो पनि उनले पोखे । उनले भने, ‘केही अवरोध पनि आए । छेक्न, थुन्न, रोक्न खोजे । त्यसपछि श्रमदाताको भीड अझै बढ्यो ।’ उनले धरानमा शनिबार श्रमबारका रुपमा अभियान नै चलेको पनि सुनाए । राईले भने, ‘श्रमदान अभियानकै रुपमा अघि बढेको छ । शनिबारलाई म श्रमबार भन्छु । खोला किनारमा २ हजार, २५ सय विरुवा लगाउने अभियानमा छौं । तपाईं आउनुभएको छ भन्ने थाहा पाएर म अर्को भेस्ट लगाएँ । नत्र म धुस्रेफुस्रे नै थिएँ ।’
कोकाहा खोलाको पानी ल्याउने धरान ल्याउने सपना पूरा भएकामा मेयर राईले सबैलाई धन्यवाद पनि दिए । उनले भने, ‘मैले श्रमदानका लागि खुला आह्वान गरें । सबैले श्रम दिनुभयो । विदेशमा बस्ने धरानबासी र धरानबाहिरकाले हाम्रो अभियान मनपराएर सहयोग गर्नुभयो । यसमा करिब चार करोड खर्च भएको छ ।
त्यसमा पाइप, पाइप टाँग्ने तार, जेनेरेटर, यातायात, खर्च खाजा, खाना र पानीमा खर्च भएको छ ।’
मेयर राईका अनुसार कोकाहाको पानी झारेपछि ३० हजार धरानबासी प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । उनले भने, ‘यो पिउने पानीको स्रोत सानो छ । तर स्थायी स्रोत हो । यो नहुँदा हामीले तरहराबाट भूमिगत पानी तान्दा ५५, ६० लाख बिल उठ्थ्यो ।’
‘कोसीको पानी धरानबासीलाई खुवाएर छाड्छु’
कोसीको पानी धरानबासीलाई खुवाउन डेढ, दुई अर्ब बजेट मागेको पनि उनले बताए । उनले भने, ‘अहिले कोसीको पानी ल्याउन प्रदेश सरकारले चार करोड छुट्याएको छ । संघले ११ करोड छुट्याएको छ । अब क्रमागत बहुवगर्षीय योजना सञ्चालन हुन्छ ।
त्यो मेरै कार्यकालमा सम्पन्न गर्ने हो । त्यो असम्भव पनि देख्दिनँ ।’ हिउँदमा काकाकुल हुन नदिन माथि खाडल खनेर पानी जमाउने पनि राईले बताए । कोकाहाको पानी ल्याउने क्रममा श्रमदाता साथीहरुसँग दुई रात बगरमा सुतेको पनि उनले सुनाए ।
धरान उपमहानगरका मेयर राईले धरानका लागि श्रमदान वरदान भएको पनि बताए । उनले थपे, ‘सरकारले दिएको बजेटबाट हामीले न्यून काममात्र गर्न सक्छौं । त्यसैले श्रमदानबाट धेरै उपलब्धि भयो । त्यसबाट चारपाँचवटा ट्यांकी बनाएका छौं । खोलामा ड्याम बनाएका छौं । हामीले सरकारी पैसा नल्याईकन धेरै काम गर् यौं । श्रमदानका लागि म अब दैनिक जंगलमा जान्छु । बिहानै जान्छु, अफिस छुट्नेबित्तिकै पनि जान्छु ।’
‘धरानलाई फूलैफूलको सहर बनाउँछु’
कार्यक्रममा उनले धरानलाई फूलैफूलको सहर बनाउने उद्घोष पनि गरे । राईले भने, ‘हामी धरानलाई फूलैफूलको सहर बनाउनका लागि श्रमदान गरेर २० लाख सयपत्री रोप्दै छौं । सयपत्रीको पहेंलै पहेंलो मात्र होइन, बाटोभरि खुर्सानी रोपेका छौं । सहरमा विरुवा रोप्नुभन्दा ठूलो विकास केही हुन्न । अब एउटा नर्सरी खोल्छु । त्यसमा फलफूलको विरुवामात्र उमार्छुृ । जंगलैभरि लिची, आँप, अम्बक, एभोकाडो फलाउँछौं ।’
मेयर राईले तत्काल विश्वविद्यालय खोल्ने योजना नभएको बरु बीपी स्वास्थ्यविज्ञान प्रतिष्ठानलाई सुधारतर्फ लाग्ने बताए । उनले कोसी प्रदेशमा हाल चलिरहेको पहिचानको आन्दोलनको बारेमा भने कुनै टिप्पणी गर्न चाहेनन् । उनले भने, ‘पहिचान आन्दोलनको बारेमा म केही बोल्दिनँ । म नगरप्रमुख हुँ । जनप्रतिनिधि हुँ । अहिले विवादित विषयमा बोल्न चाहन्नँ ।’ उनले गणतन्त्रका विषयमा पनि नबोल्ने बताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया