News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    देश भित्र र बाहिर प्रचण्ड र मविरुद्धको मुद्दा फेरि द्वन्द्व फर्काउने चलखेल : डा. बाबुराम भट्टराई

    गोरखा ।

    नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफू र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा परेको रिटलाई गम्भीरतापूर्वक नलिएको बताएका छन् । बुधबार गृहजिल्ला गोरखामा पत्रकारहरुसँग कुरा गर्दै पुरानो घाउ कोट्याएर देशलाई फेरि द्वन्द्वतिर फर्काउने चलखेल भएको जिकिर गरे ।

    ‘प्रचण्ड र मलाई मुद्धा हालेको बिषय यो एक प्रकारको पुरानो घाउलाई कोट्याएर देशलाई फेरि द्वन्द्वतिर फर्काउने केही शक्तिहरुको चलखेल छ, त्यसमै केही पात्रहरुलाई उभ्याएको मात्र हो,’ उनले भने, ‘यसलाई म गम्भीरतापूर्वक लिन चाहन्न ।’

    पूर्वबालसैनिक लेनिन विष्टले आफूलाई बालसैनिक बनाएर प्रचण्ड र बाबुरामले युद्ध अपराध गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्च अदालतले मंगलबार प्रचण्ड र बाबुरामसँग लिखित जवाफ मागेको छ ।

    भट्टराईले बृहत शान्ति सम्झौताले यस्ता विषय हल गरिसकेको बताउँदै शान्त् िप्रक्रियाका सबै काम सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगमार्फत हुने बताए ।

    ‘पुराना कुरालाई कोट्याएर सबैलाई मुद्धा मामिलातिर हामी गयौं भने यसको अर्थ देशलाई फेरि द्वन्द्वमा लाने भन्ने हुन्छ, त्यो मानेमा यो गैरजिम्मेवारपूर्ण कुरा हो’, उनले भने, ‘बरु छिटो आयोग गठन गरेर त्यसलाई टुंग्याउन उपयुक्त हुन्छ, यसरी एउटा एउटा मुद्धा लगाइने हो भने देश दुर्घटना तिर जान सक्छ ।’

    लाेक कल्याणकारी

    प्रतिक्रिया