
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आगामी आर्थिक वर्षको बजेटमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो टिप्पणी गरेकाेमा व्यंग्य गरेका छन् । मंगलबार प्रतिनिधिसभामा बजेटमाथि टिप्पणी गर्ने क्रममा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १ घण्टा ५८ मिनेट बोलेको निधिले बताए ।
‘अर्थमन्त्रीले बजेट प्रस्तुत गर्न जति टाइम लिनुभयो, उहाँले त्यति नै टाइम लिनुभयो’ निधिले ओलीलाई भने, ‘प्रतिपक्षी दलका नेताले राम्रो होमवर्क गर्नुभएको रहेछ ।’ उनले बजेटमाथि ओलीको टिप्पणी आफैंले लेखेको हो कि अरुले लेखिदिएको हो भनेर पनि ठट्टा गरे । ‘यद्यपि होमवर्क राम्रो गरेर आउनुभएको रहेछ धन्यवाद दिन चाहन्छु’ नेता निधिले भने ।
ओलीसँग विद्यार्थीकालदेखि नै आफ्नो सम्बन्ध रहेको र केन्द्रीय कारागारमा सँगै बस्ने मौका पाएको पनि निधिले बताए । तर त्यतिबेला र अहिले ओलीमा धेरै फरकपन देखिएको भन्दै उनले हाल ओलीमा संसदीय व्यवस्थाप्रति प्रतिबद्धता देखिएको बताए । ‘संसदीय प्रणालीप्रति साँच्चै प्रतिबद्ध हुन थाल्नुभयो । प्रतिपक्षीको भूमिकामा प्रतिबद्ध हुनुहुन्छ’, उनले भने ।
तर ओलीको भाषणका क्रममा एमालेकै सांसदहरु निदाएको निधिले टिप्पणी गरे । ‘धेरैबेर पर्खें मैले पनि । प्रतिपक्षीको बेन्चतिर हेर्न थालें, जति समय बित्दै गयो, उहाँहरु निदाउन थाल्नुभयो । ताली लगाउन पनि बिर्सनुभएको थियो’ उनले भने । आफू सत्तारुढ दलको सांसदको हैसियतमा ओलीले उठाएका कुनै पनि प्रश्नको जवाफ दिन आवश्यक नदेखेको पनि निधिले बताए ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया