
१शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
२गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
३विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
४मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
५प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
६गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
७पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
८मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
९वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
१०विद्यालयलाई शैक्षिक सामग्री सहयोग
११जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
१२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
काठमाडौं, । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल-भारत सीमा विवाद समाधानका लागि आफूले बंगलादेश मोडललाई विकल्पका रूपमा अघि बढाएको बताएका छन् ।
‘दुई मुलुकबीचमा लामो समयदेखि सीमा विवाद छ । विवाद लम्बिने तर समाधान नहुने स्थितिमा बंगलादेश मोडल एउटा विकल्प हो । तर, यस विकल्प कतिपयलाई मन पर्ला, कतिपयलाई मन नपर्ला । अन नपर्नेले अरु विकल्प दिए पनि हुन्छ । पहिले त्यसमा बहस, छलफल गरौं न,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
श्रेष्ठले नेपाल–भारत सीमा विवाद समाधानमा वार्ता, छलफल र सम्झौता नै उपयुक्त हुने औंल्याए । उनले भने, ‘अन्तर्राष्ट्रिय सीमा सिद्धान्त अनुसार सीमा विवाद समाधानका विभिन्न चरण छन् । पहिलो डाइलग, डिस्कसन र नेगोसिएसन हो । दोस्रो, मेडिएटर खोज्ने । तेस्रो संयुक्त राष्ट्रसंघमा जाने र चौथो अन्तर्राष्ट्रिय अदालत जाने हो । भूमि साटफेर एउटा स्कुल अफ थट् हो । लिजमा दिने, कम्पेन्सेसन दिने विधि पनि छन् । हामी अन्तर्राष्ट्रिय अदालतमा त जाऔंला तर हार्नेको त हँसिलो होला, जित्नको अनुहार कालो हुन्छ ।’
सीमाविद् श्रेष्ठका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१५ जुन ६ मा बंगलादेश भ्रमणमा जाँदा दुई देशबीच जग्गाजमिन साटेफेर गरी ६८ वर्ष लामो सीमा विवादको विधिवत् अन्त्य भएको थियो । त्यस सीमा सम्झौताअन्तर्गत भारतले १ सय ११ वटा टापु र बंगलादेशले ५१ वटा टापु एकअर्कालाई सुम्पिएका थिए । भारतले लिएको जमिनका १७ हजार बंगलादेशी र बंगलादेशले लिएको गरिएको जमिनका ३४ हजार भारतीयलाई आआफ्नो रोजाइमा नागरिकताको प्रमाणपत्र दिइएको थियो ।
बंगलादेशी मोडल सम्भव होला भन्ने पत्रकार धमलाको प्रश्नमा श्रेष्ठले भने, ‘नेपालको संविधान अनुकूल नभए त्यसलाई संशोधन पनि गर्न सकिन्छ । बंगलादेशसँगको सीमा विवाद समाधानका लागि भारतले १५ मे २०१५ मा आफ्नो संविधानमा सयौं संशोधन गरेको थियो ।
कालापानीलगायतको भूभाग भारतलाई विधिवत् दिएर त्यसको सट्टामा हामीले काँकडभित्तादेखि बंगलाबन्धसम्मको जिरो प्वाइन्टको सडक लिने हो । यो सफल हुने वा नहुने राजनीतिक र कुटनीतिक तहमा भर पर्छ ।’ सचिवस्तरीय संयन्त्रमार्फत यो सम्भव हुने पनि उनले औंल्याए ।
सीमाविद् श्रेष्ठले नेपाल र तत्कालीन ब्रिटिस भारतबीच पनि जमिन सट्टापट्टा गरिएको बताए ।
उनले भने, ‘कञ्चनपुर पश्चिममा शारदा ब्यारेज बनाउन नेपालले सन् १९२० मा भारतलाई ४१३० एकड जमिन दियो । सट्टामा भारतले नेपाललाई बर्दियाको राजापुर र दाङको कोइलाबास क्षेत्रको ४०९३ एकड जमिन दियो । नेपाल र चीनले सन् १९६१–६२ मा सीमांकनका दौरान जमिन लेनदेन गरेको श्रेष्ठले सुनाए । उनले फिनल्यान्ड र स्विडेन, सर्बिया र कोसोभो, नेदरल्यान्ड्स र बेल्जियमबीच पनि भूमि साटफेर भएका दृष्टान्त दिए ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया