
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
काठमाडौं, ।
भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवादसँग जोडेर अनावश्यक रुपमा जटिल बनाएको आरोप लगाएका छन् ।
‘सीमा विवाद बढाउने र उल्झाउने काम नेपालका तर्फबाट भयो । सीमा अध्ययन समितिले काम गर्न नपाउँदै केपी शर्मा ओलीजीले यसलाई राष्ट्रवादसँग जोडिदिए । संसदबाट पास गरेर कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको नक्सामा हालिदिए । संविधान संशोधन गरेर यो समस्यालाई अनावश्यक रुपमा जटिल बनाइदिए । ओली भारत आउँदा पनि संवादबाटै समाधान निकाल्ने भनिएकै थियो नि,’ नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग मुनीले भने ।
कूटनीतिज्ञ मुनीले भारत सीमा विवादको समाधान गर्ने पक्षमै रहेको जिकिर गरे । उनले थपे, ‘सीमा विवाद समाधान नहोस् भनेर कसले भनेको छ र ? यसको समाधान संवादबाट गर्ने हो । परराष्ट्रसचिव स्तरमा हुने हो । प्रचण्डसँग पनि अहिले यही कुरा भएको हो । तर कहिलेसम्म समाधान गर्ने भन्ने कुरा नेपाल र भारतमै निर्भर हुन्छ ।’
संसदले अमेरिका हाम्रो हो भन्दै संविधानमा राख्दैमा त्यो नेपालको हुन्छ र !
नेपालले एकतर्फी रुपमा काम गरेकाले सीमा विवादको समाधान सहज नभएको उनले बताए । मुनीले भने, ‘नेपालले एकतर्फी काम गरेपछि कसरी समाधान हुन्छ ? नेपालले सुस्ताको कुरा अहिलेसम्म गरेको छैन । लिम्पियाधुरालगायतका भूभागलाई एकतर्फी रुपमा नक्सामा राख्यो । नेपालको संसदले १० पटक अमेरिका हाम्रो हो भन्दै संविधानमा राख्दैमा त्यो नेपालको हुन्छ र ? नेपालको संसदको कुरा नेपालको उपर लागु हुन्छ, भारतको उपर लागु हुँदैन ।’
सीमा विवाद दुई देशबीच समाधान नभए अन्तर्राष्ट्रिय संस्थाको रोहवरमा पनि हुन सक्ने मुनीले औंल्याए । उनले भने, ‘समाधानको बाटो धेरै छन् । कालापानी, लिम्पियाधुरा र लिपुलेकका सम्बन्धमा जुन प्रमाण नेपालले राखेको छ, भारतसँग पनि त्यस्ता प्रमाण छन् । दुवै देशले आआफ्ना दस्तावेज टेबलमा राख्ने र कुनमा बढी वजन छ, त्यो हेरेर गर्न सकिन्छ । त्यसमा सहमति भएन भने तेस्रो पक्ष अन्तर्राष्ट्रिय संस्थासँग जाने विकल्प पनि छ । इच्छाशक्ति हुने हो भने कुनै पनि समस्या समाधान हुन सक्छ ।’
भारतले गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्ट र पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टलाई किन रुट दिएन भन्ने पत्रकार धमलाको प्रश्नमा मुनीले भने, ‘एयर रुट दिनुपर्छ । तर हरेक देशको आफ्नो समस्या र प्राथमिकता हुन्छ । भारतले नेपालको प्राथमिकतामा त काम गर्दैन नि ।’
‘हिन्दुराष्ट्र र राजतन्त्र फर्काउनु गलत’
नेपाललाई हिन्दुराष्ट्र बनाउनु गलत हुने पनि उनले औंल्याए । उनले भने, ‘भारतमा पनि हिन्दुहरु छन् । हिन्दुराष्ट्र बनाउने हो भने भारत टु्ट्छ । नेपाल पनि हिन्दुराष्ट्र बन्यो भने टुट्छ । राज्यको कुनै एक धर्म बनाउनु हँदैन ।’ राजतन्त्र फर्काउनु पनि उचित नहुने मुनीले बताए । उनले भने, ‘नेपालमा राजतन्त्र खत्तम हुनुमा राजा ज्ञानेन्द्रकै हात छ । भारतले १० पटकसम्म राजनीतिक दलहरुसँग हात मिलाऊ भन्दा पनि मानेनन् । आफ्नो जनतासँग नमिल्ने राजतन्त्र कसरी फर्केला ?’
ईपीजी प्रतिवेदनलाई अनावश्यक रुपमा मिडियाबाजी गरिएको पनि उनले बताए । मुनीले थपे, ‘त्यो प्रतिवेदन भारतका तर्फबाट अथेन्टिकटेड भएको छैन । भेषबहादुर थापाले सडकमा गएर राजनीतिक वक्तव्य दिए । ईपीजीमा भारतको हस्ताक्षर कहाँ छ ? नेपाल सरकारसँग गएर सोध्नुस् ।’
‘प्रचण्डको भारत भ्रमण राजनीतिक र व्यक्तिगत रुपमा सफल’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण उपलब्धिमुलक भएको पनि बताए । मुनीले भने, ‘ऊर्जा व्यापार, व्यापार घाटा घटाउने, पेट्रोलियम पाइपलाइन, रेलका कुरा भएका छन् । छिमेकी देशबीच आपसी विश्वास बढाउनु राम्रो हो । भएका सहमति कार्यान्वयन हुने वा नहुने त एक देशमा मात्र निर्भर हुँदैन । सहमति अघि बढ्दैन भने त्यो नेपालको पनि कमजोरी हुन्छ । प्रचण्डको भारत भ्रमण ब्रेक थ्रु हो कि होइन, म भन्न सक्दिनँ । तर राजनीतिक र व्यक्तिगत रुपमा सफल छ । नेपालको विकासका निम्ति पनि उचित छ ।’
‘भारत सरकारसँग केमिस्ट्री मिल्यो भने सत्ता टिक्छ भन्ने प्रचण्डले बुझेका छन्’
प्रचण्डको भारत भ्रमणको उद्देश्य भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘केमिस्ट्री’ मिलाउनु रहेको पनि मुनीको विश्लेषण छ । उनले भने, ‘भारत सरकारसँग प्रचण्डको केमिस्ट्री मिलेको छैन । त्यो मिल्यो भने आफ्नो सत्ता टिक्छ भन्ने प्रचण्डले बुझेका छन् ।’ नेपालको विकासका निम्ति भारतले हिचकिचाहट गर्नु नहुने उनको कथन छ । चिनियाँ लगानीको जलविद्युत् भारतले नलिए नेपालले नै उपयोग गर्नुपर्ने उनको सुझाव छ ।
‘नेपालमा सच्चा कम्युनिस्ट छैनन्’
प्रचण्डले पत्नीको स्वास्थ्यका लागि उज्जैनमा पुजाअर्चना गरेको पनि मुनीले बताए । उनले भने, ‘प्रचण्डले मध्यप्रदेशमा पत्नीको स्वास्थ्यका लागि पुजा गरेका हुन् । नेपालका कम्युनिस्ट नेताहरु सबै उच्च जातिका हुन् । ब्राह्मण छन् । यी सच्चा कम्युनिस्ट कहाँ हुन् र ? भएको भए किन देश बदल्न दिएनन् त ? प्रचण्ड, ओली, माधव, खनाल, बाबुराम कोही पनि कम्युनिस्ट होइनन् । नेपालमा विकास भएको भए राजा हट्दैनथे, माओवादी पनि जन्मँदैनथ्यो । नेपालमा राजनीतिक स्थायित्व पनि हुन्थ्यो ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया