
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं, ।
प्रतिनिधिसभामा नेकपा एमालेका सचेतक महेश बर्तौलाले ताजा जनादेशप्राप्त र सक्रिय संसद्लाई छलेर सरकारले असंवैधानिक कदम चालेको बताएका छन् । संविधानको संरक्षण गर्नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेल कीर्ते र जालसाजीपूर्ण काममा संलग्न भएको उनको आरोप छ ।
‘संविधान बमोजिम निष्क्रिय र मृतप्रायः भएको नागरिकता विधेयकलाईसमाधिस्थलबाट उत्खनन गरेर प्रमाणीकरण गरिएको छ । न्यायपालिकाले आफ्नो काम गर्दै गर्छ । तर यो संसद्को विशेषाधिकार हनन भएको विषय हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
आफूहरु प्रधानमन्त्री र राष्ट्रपति संस्थाको विरुद्ध नभई कीर्ते जालसाजीविरुद्ध संसद अवरोध गर्न बाध्य भएको पनि उनले बताए । बर्तौलाले भने, ‘हामी अहिले विधि र प्रक्रियाको कुरा गर्दैछौं । यो सरकारले गरेको बेइमानी हो । प्रधानमन्त्रीले भारत भ्रमणमा जाँदा नागरिकता विधेयक कोसेली लिएर लानुपर्ने त्यस्तो के कारण थियो ?’ सरकार सुल्टो बाटोमा हिँडेमा एक हप्ताभित्र नागरिकता विधेयक पारित गर्न नेकपा एमाले तयार रहेको पनि उनले बताए ।
नेता बर्तौलाले नेकपा (माओवादी केन्द्र) विद्यमान शासकीय प्रबन्धलाई समाप्त पार्न लागेको आरोप पनि लगाए । उनले भने, ‘यो माओवादीको चालबाजी हो । उसले संसद्लाई रणनीतिक रुपमा मात्र प्रयोग गरेको छ । संसदको सर्वोच्चतालाई स्वीकार गरेको छैन ।’
साथै उनले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रम राष्ट्रहित विपरीतका काम गरेको आरोप पनि लगाए ।
बर्तौलाले थपे, ‘भारत भ्रमणका दौरान कतिपय अपारदर्शी सम्झौता भए । भारत जानुअघि कालापानी, लिपुलेक र लिम्पियाधुरा जोडदार ढंगले उठाउँछौं भन्नुभएको थियो, अहिले त्यो भूमि छाड्छौं भनिरहनुभएको छ । बंगलादेशको बाटो लिन आफ्नो भूमि छाड्ने छुट उहाँलाई कसले दियो ? यसबारेमा उहाँले देश र जनतासँग माफी माग्नुपर्छ ।’
साथै उनले पशुपति जान घिन मान्ने प्रधानमन्त्री प्रचण्डले गेरुवस्त्र लगाएर भारतको धार्मिक पर्यटन प्रवर्द्धन गरेको आरोप पनि लगाए । उनले भने, ‘प्रचण्डले धेरै केटाकेटीपन प्रदर्शन गर्नुभयो । भारतले बृहत्तर भारतको नाममा लुम्बिनी, कपिलवस्तु र विराटनगरलाई आफ्नो नक्सामा राख्दा पनि प्रधानमन्त्री र पराष्ट्रमन्त्रीले एक शब्द बोल्नुभएन ।
त्यसरी विदेशको गुलामी गर्नुपर्ने कारण के हो ? भ्रमणको सबैभन्दा ठूलो उपलब्धि उन्नत जातको पन्ध्रवटा राँगो ल्याउनु मात्र हो ।’ प्रधानमन्त्रीले अपारदर्शी सम्झौता र नागरिकता विधेयकको गल्ती सच्चाउने प्रतिबद्धता जनाए संसद् चल्न दिने पनि बर्तौलाले बताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया