
१त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आजदेखि एक महिना निषेधाज्ञा
२नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लब अध्यक्षमा लक्ष्मण थापा
३नक्कली पिएचडी देखाएर जागिर खाने त्रिविका सह–परीक्षा नियन्त्रकलाई ६ महिना जेल
४अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट
५पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ
६‘दलहरू र उम्मेदवारले फागुन ३ भित्र घोषणापत्र पेस गर्नू’- निर्वाचन आयोग
७मोदी गाउँपालिकाले गाईभैसी खरिद गर्न अनुदान दिने
८लेउवा संघको आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
९टुंडिखेलमा बिटी कप जारी, पहिलो चरणका ८ खेल सकिए
१०काभा महिला भलिबल: नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रबेश
११कमल थापाको दावी : भोट माग्न जाँदा अधिकांशले अब राजा नभई हुँदैन भन्छन्
१२देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने
१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
६स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
७म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
८पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
९समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१०जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
११पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
१२नमुना आवासीय माविमा स्काउटद्वारा हाटबजार तथा खाना महोत्सव सम्पन्न
काठमाडौं ।
सरकारले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिबन्धमा रहेको इराकमा समेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य गरिरहेको जानकारी गराएको छ ।
योजनाअनुसार नेपालसँग द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएका सबै देश वैदेशिक रोजगारीका लागि खुला भएमा थप ७१ सहित कुल १७९ वटा देशमा नेपालीहरुले रोजगारीको लागि जान पाउने मन्त्रालयको दाबी छ । सरकारले खुला गरेपनि सबै देशबाट नेपाली श्रमिकको माग आउँछ भन्ने सुनिश्चित भने छैन । तर, कसैले माग ल्याएमा श्रम स्वीकृति दिन नरोक्ने सरकारी तयारी छ ।
सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले इराकको अवस्था विगतको जस्तो नभएको भन्दै नयाँ परिवेश मूल्यांकन गरेर वैदेशिक रोजगारीका लागि खुला गर्ने तयारी भइरहेको बताएको छ । मन्त्रालयका सचिव एकनारायण अर्यालले दौत्य सम्बन्ध कायम भएका संसारका सबै मुलुकका लागि श्रम स्वीकृति दिन काम कारबाही अघि बढेको जानकारी दिनुभयो ।
‘मन्टेनेग्रोबाट समेत नेपाली श्रमिकको माग भएको छ, किन बन्द गरिरहने ?’ सचिव अर्यालले भन्नुभयो,‘ हिजोको जस्तो अवस्था आज इराकमा छैन, इराकमा पुननिर्माणको कामहरु भइरहेका छन् र त्यहाँबाट श्रमिकको माग छ, आजको इराकको अवस्था मूल्यांकन गर्नुपर्यो ।’
सचिव अर्यालले जहाँ–जहाँ दौत्य सम्बन्ध कायम भएका छन्, ती सबै देश वैदेशिक रोजगारीका लागि खुला गरिने बताउनुभयो । नेपालले अहिलेसम्म १७९ देशसँग दौत्य समबन्ध कायम गरेको छ । तर, वैदेशिक रोजगारीका लागि १११ देश खुला भएपनि अफगानिस्तान, लिबिया र इराक वैदेशिक रोजगारीमा जान नपाउने गरी कालोसूचीमा राखिएको छ ।
आन्तरिक गृहयुद्धमा फसेका यी देशहरुमा पनि अब नेपाली श्रमिक पठाउने गृहकार्यमा सरकार छ । सरकारी घोषणाअनुसार वैदेशिक रोजगारी खुला गरेमा यीसहित ७१ वटा मुलुक एकैपटक नेपालबाट वैदेशिक रोजगारीमा जान पाइन देशमा रुपमा सूचीकृत हुनेछन् ।


१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा

प्रतिक्रिया