SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/१४ गते
    ७१२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती बिहानबिहानै रिसाएका छन् ।

    आइतबार बिहान सामाजिक सञ्जालमा पोस्ट भएको उनको स्टाटसले उनी निकै आक्रोशित अवस्थामा रहेको सहजै बुझ्न सकिन्छ । आफूले घुस नखाँदा र नखुवाउँदा पापीहरू बहुलाउन लागेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् ।

    उनले आफूले घुस लिएको प्रमाणित गर्न चुनौती पनि दिएका छन् । केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मन्त्री किरातीले ‘पशुपति क्षेत्र विकासको कोषको जमिनको विषयमा भूमाफियासँग साँठगाँठ गरेको’ सामग्री प्रकाशित भएपछि उनले यस्तो चेतावनी दिएका हुन् ।

    किरातीले आफूले कसैसँग घुस लिएको प्रमाणित गरे एक मिनेट पनि पदमा नबस्ने उल्लेख गरेका छन् । उनले आफूले घुस नलिँदा र लिन नदिँदा आफ्नोबारे कुप्रचार भइरहेको पनि दाबी गरेका छन् ।

    ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा पाँच सयको कात्रो र पाँच फिट जमिन चाहिएला । प्रमाणित गर म एक मिनेट बस्दिनँ,’ मन्त्री किरातीले फेसबुकमा लेखेका छन् ।

    पशुपति विकास कोषको ३१ रोपनी जमिन पहिले नै व्यक्तिका नाममा पारेर किरातीले हालसाविक गर्न खोजेको भन्दै समाचार आइरहेका छन् ।

    पूर्वपर्यटनमन्त्री प्रेम आलेले विकास कोषको ३१ रोपनी जग्गा व्यक्तिको नाममा पार्ने प्रयास भइरहेको संसदमै बोलिसकेका छन् ।

    त्यसमा किराती र पशुपति क्षेत्र विकास समितिका पदाधिकारीको पनि संलग्नता रहेको बताइन्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं