
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं, । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले सत्तारुढ दलका सांसदले पशुपतिको जलहरी पित्तलको हो भनेर संसदमा बोल्नु पागलपनको पराकाष्ठा भएको बताएका छन् ।
संसदमा यस्ता तथ्यहीन, गलत र भ्रामक कुरा नगरेको भए प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाटै माफी माग्नुपथ्र्यो र ? यदि त्यो तथ्य थियो भने रेकर्डबाट हटाइन्थ्यो र ? तथ्य नभएकाले नै माओवादीका सांसदले निहुरीमुन्टो लगाएर बस्नुपरेको होइन र ? पशुपतिको जलहरी पित्तल हो भन्ने बोल्नु त्यो पागलपनको पराकाष्ठा हो ।
विपक्षी दलको नेतालाई टार्गेट गरेर सत्तापक्षको जिविका हुन्न,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
सांसद थापाले पहिले पहिले राणा र राजालाई गाली गरेर क्रान्तिकारी कहलिने सत्तापक्ष अहिले केपी शर्मा ओलीमाथि अनुचित हमला गरेर राम्रो देखिने लिगलिगे दौडमा रहेको आरोप पनि लगाए ।
उनले भने, ‘केपी शर्मा ओलीले पशुपतिमा पित्तललाई सुनको भनी जलहरी हालेको या ओम्नीमा दुई अर्ब भ्रष्टाचार गरेको साबित गर्न सक्नुहुन्छ ? हुन त उहाँहरुलाई डोकामा सुन बोकेको अनुभव पनि होला । सुन राम्ररी चिन्नुहुन्छ होला तर यसको कुनै औचित्य छैन ।’
पूर्व सभामुख दमननाथ ढुंगानाले सांसदको बोलीमा प्रतिबन्ध लगाउने हो भने संसदको औचित्य छैन भन्नुभएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा थापाले भने, ‘दमननाथ ढुंगाना सम्मानित व्यक्ति हुनुहुन्छ, पूर्वसभामुख हुनुहुन्छ । तर अहिले धेरै बुढो भइसक्नुभयो । उहाँको बारेमा अहिले टिप्पणी गर्नु आवश्यक छैन ।’
उनले सरकारलाई बजेटका बारेमा सुझाव दिनु भनेको भैंसीका अगाडि बाँसुरी बजाउनुजस्तै भएको टिप्पणी पनि गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सफल हुनुपर्ने उनले औंल्याए ।
अर्को प्रसंगमा सांसद थापाले पूर्वराष्ट्रपतिले प्रमाणीकरण नगरेको नागरिकता विधेयक अहिलेका राष्ट्रपतिले प्रमाणीकरण गरे मुलुक दलदलमा फस्ने चेतावनी दिए । उनले भने, ‘प्रधानमन्त्रीले क्याबिनेटबाट संसदमा पठाउनुपर्ने नागरिकता विधेयक राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउनुभएको छ ।
यो प्रक्रिया जान्नुभएको छैन भने प्रधानमन्त्रीले सिक्नुपर्छ । यसलाई प्रमाणीकरण गर्नै मिल्दैन । गर्नुभयो भने मुलुक दलदलमा फस्छ ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया