SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/१४ गते
    ५४६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले सत्तारुढ दलका सांसदले पशुपतिको जलहरी पित्तलको हो भनेर संसदमा बोल्नु पागलपनको पराकाष्ठा भएको बताएका छन् ।

    संसदमा यस्ता तथ्यहीन, गलत र भ्रामक कुरा नगरेको भए प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाटै माफी माग्नुपथ्र्यो र ? यदि त्यो तथ्य थियो भने रेकर्डबाट हटाइन्थ्यो र ? तथ्य नभएकाले नै माओवादीका सांसदले निहुरीमुन्टो लगाएर बस्नुपरेको होइन र ? पशुपतिको जलहरी पित्तल हो भन्ने बोल्नु त्यो पागलपनको पराकाष्ठा हो ।

    विपक्षी दलको नेतालाई टार्गेट गरेर सत्तापक्षको जिविका हुन्न,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

    सांसद थापाले पहिले पहिले राणा र राजालाई गाली गरेर क्रान्तिकारी कहलिने सत्तापक्ष अहिले केपी शर्मा ओलीमाथि अनुचित हमला गरेर राम्रो देखिने लिगलिगे दौडमा रहेको आरोप पनि लगाए ।

    उनले भने, ‘केपी शर्मा ओलीले पशुपतिमा पित्तललाई सुनको भनी जलहरी हालेको या ओम्नीमा दुई अर्ब भ्रष्टाचार गरेको साबित गर्न सक्नुहुन्छ ? हुन त उहाँहरुलाई डोकामा सुन बोकेको अनुभव पनि होला । सुन राम्ररी चिन्नुहुन्छ होला तर यसको कुनै औचित्य छैन ।’

    पूर्व सभामुख दमननाथ ढुंगानाले सांसदको बोलीमा प्रतिबन्ध लगाउने हो भने संसदको औचित्य छैन भन्नुभएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा थापाले भने, ‘दमननाथ ढुंगाना सम्मानित व्यक्ति हुनुहुन्छ, पूर्वसभामुख हुनुहुन्छ । तर अहिले धेरै बुढो भइसक्नुभयो । उहाँको बारेमा अहिले टिप्पणी गर्नु आवश्यक छैन ।’

    उनले सरकारलाई बजेटका बारेमा सुझाव दिनु भनेको भैंसीका अगाडि बाँसुरी बजाउनुजस्तै भएको टिप्पणी पनि गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सफल हुनुपर्ने उनले औंल्याए ।

    अर्को प्रसंगमा सांसद थापाले पूर्वराष्ट्रपतिले प्रमाणीकरण नगरेको नागरिकता विधेयक अहिलेका राष्ट्रपतिले प्रमाणीकरण गरे मुलुक दलदलमा फस्ने चेतावनी दिए । उनले भने, ‘प्रधानमन्त्रीले क्याबिनेटबाट संसदमा पठाउनुपर्ने नागरिकता विधेयक राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउनुभएको छ ।

    यो प्रक्रिया जान्नुभएको छैन भने प्रधानमन्त्रीले सिक्नुपर्छ । यसलाई प्रमाणीकरण गर्नै मिल्दैन । गर्नुभयो भने मुलुक दलदलमा फस्छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं