
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझीले नक्कली शरणार्थी प्रकरणमा संलग्नहरुबीचको लेनदेनका क्रममा गृह मन्त्रालयभित्रै विवाद भएको दाबी गरेका छन् ।
पक्राउ परेपछि प्रहरीसँगको बयानका क्रममा उनले आफू कामविशेषले गृह मन्त्रालयमा जाँदा लेनदेनको विवाद प्रत्यक्ष रुपमा सुनेको दाबी गरे ।
‘कामविशेषले गृह मन्त्रालय गएको बखत स्वकीय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजित राईको कार्यकक्षमा छलफल हुँदा ठूलो स्वरमा आवाज आएको हुँदा म पनि कार्यकक्षमा छिरे’, १६ पुस २०७७ को घटना भन्दै उनले बयानमा खुलाएका छन्, ‘त्यहाँ जाँदा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेन सम्बन्धी विवाद भएको सुनेको हुँ ।’
कार्यकक्षबाट बाहिर निस्केपछि आफूले सानु भण्डारी र केशवप्रसाद दुलाललाई डुप्लिकेट (नक्कली) काम त गरेका छैनौ भनेर सोधेको उनको दाबी छ । त्यसक्रममा उनीहरुले भुटानी शरणार्थीको मामिलामा काम गरेको स्वीकारेका छन् ।
उनीहरुको भनाइ उद्धृत गर्दै रायमाझीले बयानमा भनेका छन्, ‘हामी पूर्वका मानिस हौं, शरणार्थीका लागि पनि हामीले डुप्लिकेट काम गर्छौं होला र भनी प्रतिप्रश्न गरेका थिए ।’
उनले भुटानी शरणार्थीको विषयमा कार्यदल बन्नुअघि नै आफूलाई जानकारी भएको स्वीकारेका छन् । सानु भण्डारीको घरबाट बरामद भएको डायरीमा ‘टोपबहादुर मामा’ भनी रायमाझीको नाममा पैसा भुक्तानी भएको विवरण भेटिएको थियो । डायरीमा उल्लेख भए पनि आफूले कसैसँग रकम नलिएको दाबी रायमाझीले गरेका छन् ।
उनले केवल पौने घण्टामा घुमेर आउन सकिन्छ भनेकाले आफू केशव दुलाल र सानु भण्डारीसँग हेलिकप्टरमा गोसाईंकुण्ड घुम्न गएको उल्लेख गर्दै बयानमा भनेका छन्, ‘म उनीहरुको कुरामा सहमत भई गोसाईंकुण्ड गई फोटो खिचाइ फर्किएका हौं । म सो ठाउँमा घुम्न जाँदाको अवस्थामा मैले सामान्य रुपमा लिएको थिएँ ।’
उनले आफ्नो छोरा पक्राउ परेको, पक्राउपछि हत्कडी लगाएको खबर सुनेकाले मन बिग्रिएको भन्दै त्यसपछि सम्पर्कविहीन भएको बयान दिएका छन् ।
बयानमा उनले भनेका छन्, ‘मेरो छोरा पक्राउ परी हत्कडी लगाएको खबर सुनेकोले आफूलाई पनि पक्राउ गरी हत्कडी लगाउँछन् भन्ने लागेकोले मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको थिएँ, सोही क्रममा प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ परेको हो ।’
प्रहरी परिसर, काठमाडौं उच्च स्रोतबाट प्राप्त रायमाझीको बयानको विवरण
शरणार्थी प्रकरणमा मुछिएका केशवप्रसाद दुलालसँग सुजाता कोइरालाको घरमा जाने आउने क्रममा चिनजान भएको हो । सानु भण्डारी मेरो छिमेकी भएको हुँदा चिनजान भएको हो । सचिव टेकनारायण पाण्डे मेरो जिल्लावासी भएको र नेपाल सरकारको सचिव भएको हुँदा चिनजान भएको हो । इन्द्रजित राईसँग पार्टीको कामको सिलसिलामा चिनजान भएको हो । पूर्वमन्त्री बालकृष्ण खाँणलाई विद्यार्थी राजनीति गर्ने क्रममा चिनेको हुँ ।
भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी र दीर्घकालीन समाधानको उपायहरू पहिल्याउन बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन भएकोसम्म जानकारी छ, त्यो बाहेक अन्य कुरा मलाई जानकारी भएन । मैले इन्द्रजित राईलाई चिनाइदिएको भन्ने कुरा सरासर गलत हो ।
इन्द्रजित राई र प्रतिवादी सानु भण्डारीबीचको लेनदेन विषयमा उहाँहरुले जान्ने कुरा हो, मलाई जानकरी छैन । उहाँले मलाई दिएको भनेको कुनै रकम लिएको छैन, सन्दीप रायमाझी (छोरा) को खातामा जम्मा गरेको रकम सम्बन्धमा उनैले नै स्पष्ट पार्ने छन् ।
सानु भण्डारीको घरबाट बरामद भएको डायरीमा मेरो नाम लेखी पटक पटक मलाई रकम दिएको भनेको कुरामा सत्यता छैन । उनीहरुले के कुन प्रयोजनको लागि उक्त कुरा लेखेका हुन् मलाई जानकारी भएन, सो रकम मैले लिएको छैन ।
मेरो छोरा सन्दीप रायमाझीसँग कम्पनीमा साझेदारीको कुरा सन्दीपले दिएको बयानबाट नै देखिन्छ । मलाई रकम दिएको भन्ने जति पनि विवरणहरु छन, त्यसमा कुनै आधार र सत्यता छैन, उनले ठूलो रकमको चेक काटेर आफ्नै घरमा राखेको सवाल होस् वा आफ्नो डायरीमा विभिन्न प्रकारका रकमहरु के–कुन प्रयोजनका लागि लेखेका हुन मलाई जानकारी भएन ।
केशवप्रसाद दुलाल र सानु भण्डारीले हामीहरुको भेटघाट नभएको धेरै समय भयो, व्यावसायिक साथीहरुले हेलिको व्यवस्था गरेका छन, गोसाईंकुण्ड गई फ्रेस भएर आउनुपर्यो भनी मलाई केशवप्रसाद दुलालले आग्रह गरेको र मैले समय छैन भन्दा उनीहरुले धेरै समय लाग्दैन जान आउन ३० मिनेट, १५ मिनेट घुम्न गरी जम्मा ४५ मिनेट मात्र हो भनेको हुँदा म सहमत भई गोसाईंकुण्ड गई फोटो खिचाई फर्किएका हौं।
इन्द्रजित राई मैले पहिलेदेखि चिनेका व्यक्ति हुन् । कामविशेषले गृह मन्त्रालय जाँदा मैले प्रायः इन्द्रजित राईलाई नै बढी भेट्ने गरेको थिएँ । २०७७ पुस १६ गते म आफ्नै कामविशेषले गृह मन्त्रालय गएको बखत स्वकीय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजित राईको कार्यकक्षमा छलफल सुनें । ठूलो स्वरमा आवाज आएको हुँदा म पनि कार्यकक्षमा छिरे, त्यहाँ जाँदा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेन सम्बन्धी विवाद भएको सुनेको हुँ ।
कार्यकक्षबाट बाहिर आएपछि सानु भण्डारी र केशवप्रसाद दुलाललाई ‘डुप्लिकेट काम गरेका त छैनौ ?’ भनी सोध्दा निजहरुले हामी पूर्वका मानिस हौं, शरणार्थीका लागि पनि हामीले डुप्लिकेट काम गर्छौ होला र भनी प्रति प्रश्न गरेका थिए । इन्द्रजित राईलाई सानु भण्डारीसँग मैले परिचय गराइदिएको भन्ने कुरा सत्य होइन ।
भुटानी शरणार्थीको विषयमा कार्यदल बनाउनेसम्मको कुरा मलाई थाहा छ, उक्त समितिका संयोजक बालकृष्ण पन्थी मेरो छिमेकी जिल्ला र सहसचिव समेत भएको हुँदा चिनजान थियो । मैले यो विषयमा सुरुदेखि नै आफ्नो धारणा स्पष्ट राख्दै आएको छु, बाँकी रहेका पीडित भुटानी शरणार्थीहरुको दीर्घकालीन समाधान हुनुपर्दछ भन्ने मेरो धारणा रही आएको छ ।
गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कामले नेपालको अन्तर्राष्ट्रिय छवि उपर अपमान हुन्छ भन्ने मलाई लाग्छ ।
मेरो छोरा पक्राउ परी हत्कडी लगाएको खबर सुनेकोले आफूलाई पनि पक्राउ गरी हत्कडी लगाउँछन् भन्ने लागेकोले मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको थिएँ, सोही क्रममा प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ परेको हो । कदम रोकिएको मात्र हो, आफैं सम्पर्कमा आउने क्रममा थिएँ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया