
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन भएको बताएका छन् । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे नबोलिएको भन्दै उनले सरकारमाथि प्रश्न उठाएका हुन् ।
सरकारको नीति तथा कार्यक्रममाथि आइतबार संसदमा भएको छलफलमा भाग लिँदै ओलीले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ? यो सरकारलाई थाहा भएको देखिँदैन । प्रस्तावित नीति तथा कार्यक्रमको बुँदा नम्बर १८५ मा संविधानको अनुसूची ३१ मा रहेको नेपालको नक्सा अटाउन सकेको छैन, त्यहाँ बोलिएको छैन ।’
केहीदिनमै प्रधानमन्त्री भारत जान लागेको भन्दै उनले केही प्रश्न उठाएका छन् । भारत नेपालको छिमेकी र मित्र भएको भन्दै उनले आफूलाई परेको मर्का खुलस्त राख्न सक्नुपर्ने बताए । ‘खुलस्त नगरी कसरी समस्या समाधान हुन्छ ?,’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘खुलस्त कुरा गर्नुपर्यो र समस्या समाधान गर्नुपर्यो । चिसोपन राख्नुभएन, कायर मन पनि राख्नुभएन ।’
उनले अगाडि भने, ‘काँतर मन, चिसो मन । भन्न नसक्ने, चिसो लिइरहने, कुरा गर्न नसक्ने, आफ्ना इस्यु राख्न नसक्ने अनि बोल्न नसक्ने हुनुभएन ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिमेकीको सम्बन्धलाई कसरी लिनुभएको छ ? राष्ट्रिय हितका इस्युहरु खुलस्त राख्नुभएको छ कि छैन ? समस्याका कारणहरु र समाधानका विषयमा सम्वाद गर्नुभएको छ कि छैन ? समस्या छन् भन्ने राख्नुभएको छ कि छैन ? भनेर समेत प्रश्न गरेका छन् ।
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई फेरि प्रश्न गरे, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको अवस्था के छ ? सीमा सुरक्षित नै छ ?’
हालै मात्र आफूले हाम्रो भूगोल खुम्चियो भन्दा एउटा टेलिभिजनले ‘जे पायो त्यही बोलेर हिँड्ने केपी ओलीलाई किन जेल हाल्दैन’ भनेको भन्दै उनले सरकार पनि यस्तो हो कि भनेर प्रश्न गरेका छन् ।
कालापानी क्षेत्रमा नयाँ संरचना बनेको विषय बाहिर आएको भन्दै एमाले अध्यक्ष ओलीले यसबारे संसदलाई यथार्थ जानकारी गराउन समेत माग गरेका छन् ।
उनले विदेश सम्बन्धलाई व्यक्तिगत अभीष्टमा सञ्चालन गर्ने प्रयास भइरहेको आरोप समेत लगाएका छन् । परराष्ट्र सम्बन्ध सञ्चालनमा सरकार हतास देखिएको भन्दै ओलीले भने, ‘पियानो बजाउन दुबै हातका दश औंलाको चाल र गति आवश्यक पर्छ र मिल्न पर्छ । तर दशै औलाले एक पटक पियानो थिच्यो भने त्यो कर्कस ध्वनि मात्र पैदा हुन्छ, संगीत पैदा गर्दैन । अहिले सरकारले एकै पटक दश औंला थिचे जस्तो विभत्स आवाज मात्र आएको छ ।’
यसले छिमेक मित्र र विश्व समुदायलाई कूटनीतिक अपरिपक्ताको परिचय दिएको भन्दै ओलीले यो नेपाल र नेपाली परिचय किमार्थ हुन नसक्ने समेत बताएका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया