SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/४ गते
    ६१२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्दैछ। नक्कली भुटानी शरणार्थी लगायतका प्रकरणमा ठूला ओहोदामा बसेकाहरू नै संलग्न देखिएको र भ्रष्टाचार न्यूनीकरणमा राज्य उदासीन भएको भन्दै प्रदर्शन गर्न लागेको राप्रपाले बताएको छ।

    विरोध प्रदर्शन दिउँसो १ बजे हनुमानढोका दरबार क्षेत्रमा आयोजना गरिएको राप्रपाले जानकारी दिएको छ।

    ‘भ्रष्टाचारविरुद्ध हामीले प्रदर्शन गर्न लागेका छौं,’ राप्रपाका उपाध्यक्ष रोशन कार्कीले सेतोपाटीसँग भने, ‘केन्द्रीय कार्य समितिको निर्णय अनुरूप नै हामीले आजको कार्यक्रम तय गरेका हौं।’

    विरोध प्रदर्शनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम छ।

    राप्रपाको केन्द्रीय कार्य समितिको बैठक जेठ १, २ र ३ गते बसेको थियो। बैठकले नक्कली शरणार्थी प्रकरणलाई राज्य द्रोहको अपराध भएको निष्कर्ष निकालेको थियो।

    उसले माओवादी लडाकु शिविर प्रकरण, ललिता निवास काण्ड, एनसेल आदि सतहमा आएका विषय छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं