
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं, ।
नेकपा (एकीकृत समाजवादी) की सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्री नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले उन्मुक्ति पाउने सवालै नरहेको बताएकी छन् ।
‘यो बहुआयामिक काण्ड हो । यसमा दृश्य र अदृश्य पात्रहरु जोडिएका छन् । नक्कली भुटानी शरणार्थी बनेर जान चाहने, बनाउन चाहने र बनाएर पठाउने चेनमा संलग्न सबैलाई प्रमाणका आधारमा कारबाही गर्नुपर्छ ।
नेपाल प्रहरीले आफ्नो व्यावसायिक छवि र कानुनले दिएको अधिकार बमोजिम काम गरिरहेको छ । यसमा कसैले उन्मुक्ति पाउने सवालै छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै झाँक्रीले भनिन् ।
प्रधानमन्त्री र गृहमन्त्रीले नै कसैको दबाबमा काम गर्दैनौं भनिसकेपछि यसबारे आशंका गरिरहनुपर्ने कारण नभएको उनको जिकिर छ । झाँक्रीले भनिन्, ‘यसमा कसैको राजनीतिक दबाब छैन । जो कोही भए पनि निष्पक्ष अनुसन्धान हुन्छ भन्ने प्रतिबद्धता आइरहेको छ ।
यसमा हामीले अनुसन्धानकर्मीको मनोबल कमजोर बनाउने भन्दा पनि बढाउने काम नै गर्नुपर्छ ।’ राज्यविरुद्धको अपराध गरेर सजिलरी पैसा कमाउने प्रवृत्ति घातक रहेको उनको टिप्पणी छ ।
सांसद डा. आरजु राणा देउवामाथि ‘साइबर बुलिङ’ र ‘मिडिया बुलिङ’ भइरहेको आरोप पनि झाँक्रीले लगाइन् । उनले भनिन्, ‘उहाँको बारेमा मैले बचाउ गर्नुपर्ने त होइन । तर पनि उहाँलाई पूर्व प्रधानमन्त्री एवं सत्तारुढ दलको सभापतिकी पत्नी भएकाले नखाएको विष लागेको छ ।
कुनै अनुसन्धान नगरीकन फ्याक्ट वा फाइन्डिङ नभईकन फलानो-तिलानो बोषी हो भनेर अनावश्यक विवादमा मुछिएको छ । यो साइबर र मिडिया बुलिङकाबावजूद संसदमा आएर कन्फिडेन्टसाथ छानबिन गर्नुपर्छ भनिरहनुभएको छ ।
जुनसुकै घटनामा आरोपित गरेर कसैको चरित्रहत्या गर्नु उचित होइन । यस्तो घटनाले सम्बन्धित व्यक्तिमा कति मानसिक असर गर्छ, पछिल्लो दुई वर्षमा म आफैं भुक्तभोगी हुँ ।’
अर्को प्रसंगमा नेतृ झाँक्रीले सरकारको मूल्यांकन गर्ने बेला भइनसकेको पनि बताइन् । उनले भने, ‘प्रधानमन्त्रीको सय दिन भयो, अरु मन्त्रीको भएको छैन । सरकार सही बाटोमा छ कि छैन, भन्न केही समय पर्खनैपर्छ ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया