
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
जलजला, पर्वत । जलजला गाउँपालिकाले चालू आर्थिक वर्षका प्रगती र आगामी योजनाको बारेमा सार्वजनिक सुनुवाइ गरिएको छ । जलजला गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ पर्वतको सहजीकरणमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा गाउँपालिकावासी सेवाग्राही र जनप्रतिनिधिका बिचमा गाउँपालिकाको सेवा, चालु वर्षका योजना, विषयगत कार्यालयका सेवाप्रवाहमा नागरिकको गुनासो, स्रोतको परिचालन, उपलब्धी र कमजोरीका बारेमा व्यापक रुपमा चर्चा भयो ।
कार्यक्रममा जलजलाका अध्यक्ष राजु आचार्य, उपाध्यक्ष दिपक आचार्य, वडाका अध्यक्षहरु, कर्मचारी, राजनितिक दलका प्रतिनिधि, पत्रकार समेतको सहभागितामा सार्वजनिक सुनुवाइ गरिएको छ । स्थानीयले जलजला गाउँपालिकाले अन्य स्थानीय तहभन्दा फरक र दुरगामी प्रभाव पार्ने कार्यक्रम अगाडी सारेको सहभागिले बताउनुभयो ।
कतिपयले प्राकृतिक स्रोतको समुचित उपयोग नभएको, फोहोर ब्यबस्थापन प्रभावकारी नभएको, वडामा कर्मचारीहरुले दिने सेवामा कमजोरी रहेको, गुणस्तरीय स्वास्थ्य सेवा नभएको, सडकहरु सहज नभएको जस्ता कुराहरु पनि राख्नुभयो । यस्तै शक्षाको सुधार, सुसासन र पारदर्शिता कायम गनका लागि सर्वसाधारणहरुले सुझाव पनि राख्नुभयो ।
कार्यक्रममा बोल्दै जलजला गाँपालिकाका अध्यक्ष राजु प्रसाद आर्चायले सेवाग्राहीका गुनासा लाई स्वागत गर्दै गाउँपालिकाले आगामी दिनमा सेवाप्रवाहलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले आगामी दिनमा नागरिक असन्तुष्टिहरुको सम्बोधन गर्ने र पालिकाको सेवा लाई प्रभावकारी बनाउने हिसावले सवै वडामा सार्वजनिक सुनुवाइ गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
अध्यक्ष आचार्यले आफूहरु सकेसम्म गाउँपालिकाको स्रोत र साधानको समुचित प्रयोग गरि विभिन्न योजना अगाडी सारेर काम गरिरहेको भन्दै आफुहरुका काममा आशिंक सन्तुष्टि र आशिंक असन्तुष्टि रहेका बताउनुभयो ।
उहाँले जनप्रतिनिधी र कर्मचारीहरु लाई गुनासोहरुको सम्बोधन गरि कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । उपाध्यक्ष दिपक आचार्यले जलजला गाउँपालिकाले धेरै काम गर्ने सोच बनाएपनि आन्तरिक स्रोत कमजोर हुँदा कतिपय योजनाहरु अगाडी बढाउन नसकेको बताउनुभयो ।
तैपनि संघ र प्रदेश सरकार समक्ष जनमुखी कामका लागि योजना लगेर छोडेको हुनाले आगामी आर्थिक वर्षको बजेटमा ति योजनाहरु समाबेश भएर आएमा नमूना काम हुने बताउनुभयो । उहाँले सेवाप्रवाह लाई गुनासो रहित बनाउने कोशिसमा रहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत कुशल सुवेदीले वार्सिक योजना तथा कार्यक्रमको बारेमा अवगत गराउनुभयो ।
अहिले सम्म गाउँपालिकाले ५१ प्रतिशत बजेट खर्च गरेको बताउँदै सुबेदीले सेवाप्रवाहमा कुनै असन्तुष्टि भएमा सहज र सरल रुपमा गुनासो गर्न हरेक वडा र कार्यालयमा गुनासो पेटिका राख्ने काम अगाडी बढेको जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, पत्रकार रोशन तिवारी, महेन्द्र जिसी सहित ९ वटै वडाका अध्यक्षहरु, कर्मचारीहरु र सेवाग्राहीहरु सहभागि हुनुभएको थियो ।
नेपाल पत्रकार महासङ्घ पर्वतको सहजीकरणमा भएको कार्यक्रमको सन्चालन सन्चारकर्मी गणेश गिरीले गर्नुभएको थियो । यसैबिच पर्वतको जलजला गाउँपालिका पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ ।
पुर्ण खोप पाउनुपर्ने सबै बालबालिकाले सबै खोप प्राप्त भएको सुनिस्चित भएपछी सिङ्गो जलजला गाउँपालिका पुर्ण खोप सुनिश्चित घोषणा भएको हो । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले पुर्ण खोपको पहुँच सबै लक्षित बालबालिकामा पुगेको बताउदै आगामी दिनमा छुट भएका र नयाँ जन्मिने बालबालिका लाई खोप लगाइने बताउनुभयो ।
उहाँले खोपको कारणले बालबालिकाको मृत्युदर र विभिन्न स्वास्थ्य जटिलता लाई कम गर्न सकिने भएकाले अभिभावकले आफ्ना नानिवावु लाई खोप लगाएर रोग बाट बचाउन आग्रह गर्नुभयो ।
अध्यक्ष आचार्यले २०२५ सम्म नेपाल लाई पुर्ण खोप घोषणा गर्ने नेपाल सरकारले लक्ष्य राखेको भन्दै उक्त लक्ष्य हासिल गर्न जलजला गाउँपालिका तयार रहेको बताउनुभयो ।
पर्वतमा महाशिला ५ लुन्खु सबैभन्दा पहिले पुर्ण खोपयुक्त वडा घोषणा भएको थियो भने जिल्लाभर घोषणा गर्ने अभियान चलिरहेको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर नारायण रेग्मिले जानकारी दिनुभयो । विभिन्न खालका शारीरिक जटिलता बाट जोगाउन खोप लगाउन स्थानीय समुदाय लाई रेग्मीले अनुरोध गर्नुभयो ।
कार्यक्रममा जलजला गाउँ पालिकाका उपाध्यक्ष दिपक आचार्य, प्रमुख प्रसासकिय अधिकृत कुशल सुबेदि, नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोस थापा, जलजला गाउँपालिकाका प्रवक्ता हरिविकास जिसि लगायतले बोल्नुभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया