SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१/२८ गते
    ५७७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले पार्टीका निलम्बित सचिव एवं सांसद टोपबहादुर रायमाझीले भयानक गल्ती गरेको बताएका छन् ।

    ‘टोपबहादुरजी चारपटक देशको सांसद, पटकपटक मन्त्री, उपप्रधानमन्त्री र पार्टीको पदाधिकारी भइसकेको व्यक्ति हो ।

    उहाँले टाढा गएर कानुनको सामना नगरीकन निष्कर्षमा पुग्छु भन्ने ठान्नुभएको छ भने त्यो भयानक गल्ती हो । अहिले म बिरामी छु भनेर संसदमा पत्राचार गर्नुभएको सुनिन्छ ।

    उहाँले इन्तु किन्तु परन्तु भनेर अनुसन्धान प्रक्रियाबाट भाग्न, फरार हुन वा अनदेखा गर्न मिल्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

    एमाले भ्रष्टाचारीलाई कारबाही गर्न सदैव तयार रहेको पनि थापाले बताए । नउले भने, ‘टोपबहादुरजीले अर्घाखाँचीबाट भैरहवा हुँदै काठमाडौं आएर आफ्ना कुरा पत्रकार सम्मेलन गरेर राख्नुपर्थ्र्यो र आफूलाई प्रहरीसमक्ष प्रस्तुत हुनुपथ्र्यो । त्यो नगरेपछि उहाँलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको छ ।’

    नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको नालायकी र असफलता देखिएको पनि सांसद थापाले औंल्याए । उनले भने, ‘नेपाल इन्टरपोलको सदस्य हो । टोपबहादुरजीलाई संसारको जुनसुकै कुनाबाट भए पनि खोजेर ल्याउन सक्नुपर्थ्र्यो । यसमा सरकार नालायक र असफल भएको छ । गृहमन्त्री प्रचारमुखी हुनुभएको छ ।

    आफू भ्रष्टाचारको आहालमा डुबेर कसैलाई छाड्छौं वा नछाड्दैनौं भन्नुको कुनै अर्थ छैन । बाहिर एकथोक भनिरहनुभएको छ, भित्र के गरिरहनुभएको छ ? कानुनको नजरमा बालकृष्ण खाँड र सन्दिप रायमाझी समान होइनन् ?’

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं