
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं, ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद्लाई पूर्णता दिने अन्तिम कसरतमा जुटेका छन् । सत्ता साझेदार नेपाली कांग्रेस र सरकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेतासँग प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिने बिषयमा छलफल गरेका हुन् ।
आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले रास्वपा अध्यक्ष रवि लामिछानेसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरे । चितवन २ बाट पुनः सांसदमा निर्वाचित भएपछि लामिछानेलाई बधाई दिँदै सरकारमा सहभागी हुन प्रचण्डले प्रस्ताव गरेका छन् । प्रचण्डको प्रस्ताव स्वीकार गर्दै अध्यक्ष लामिछानेले यसअघि सरकारमा सहभागी हुँदा पाएकै मन्त्रालय पाउँनुपर्ने अडान राखेको बालुवाटार स्रोतले बताएको छ ।
यसअघि गृह, स्वास्थ्यसहितका मन्त्रालय पाएको रास्वपाले पुनः सोही मन्त्रालय पाए सरकारमा सहभागी हुन सक्ने जनाएको छ । तर, गृह मन्त्रालय माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका नारायणकाजी श्रेष्ठले सम्हालिरहेको र सो मन्त्रालय आफ्नै पार्टीसँग राख्न खोजेकाले सहमति जुट्न सकेन ।
सोमबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ । सोही बैठकमा सरकारमा सहभागी हुने÷नहुने निर्णयका साथै सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेमा निर्णय हुँदै छ । रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारमा सहभागी हुने नहुने, समर्थन फिर्ता लिने कि नलिने भन्नेबारे केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकबाट निर्णय हुने बताए ।
‘सरकारमा सहभागी हुने कि नहुने, सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेबारे अहिले नै केही बोलिहाल्ने अवस्था छैन’ प्रवक्ता ढकालले भने, ‘हाम्रो पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सोमबार बस्दै छ सोही बैठकबाट के गर्ने भन्ने निर्णयअनुसार नै हुन्छ ।’
यसैगरी, रास्वपा उपाध्यक्षसमेत रहेका संसदीय दलका नेता डोलप्रसाद अर्यालले शनिबार दलको नेताबाट राजीनामा दिएकाले सोमबारको बैठकबाट अध्यक्ष लामिछानेलाई दलको नेता चुन्दै छन् । राजधानी दैनिकबाट 


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया