SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१/८ गते
    १३७६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ । कुवेत स्थित स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका अस्पतालहरुमा ठूलो संख्यामा नेपाली कामदारहरुको माग आएको छ ।

    उक्त माग पूर्तिका लागि कुवेतको सिटि ग्रुप र एडभान्स टेक्नोलोजी कम्पनी मार्फत काठमाडौँस्थित ओमेगा इन्टरनेश्नल प्रालिबीच सम्झौता भएको छ । प्राप्त माग अनुसार नेपाली कामदार लैजान नेपाल सरकारले प्रमाणीकरण समेत गरिसकेको छ ।

    डिमाण्डका लट नम्वरहरु 249487, 258421, 278050 र 278376 नेपाल सरकारले स्वीकृति दिएको छ ।

    आवश्यकता अनुसार माग पूर्ति गर्ने जिम्मा पाएको काठमाडौँ स्थित म्यानपावर ओमेगा इन्टरनेशनल प्रालिका अनुसार नर्सिङ अन्तर्गत ठूलो संख्यामा बिएससी नर्सिङ, बिएन नर्सिङ र डिप्लोमा नर्सिङहरुको माग भई आएको छ । त्यस्तै एक हजार ९ सय जना ल्याव टेक्निसियन, रेडियो ग्राफर टेक्निसियन र फार्मेसी टेक्निसियनको पनि माग छ ।

    म्यानपावरका संचालक राज कुमार राईका अनुसार ६०० जना नर्सिङको माग भईआएको छ । जसको मासिक तलब खान बस्न सहित मासिक कम्तिमा २ लाख ६० हजारदेखि ३ लाख ४८ हजारसम्म रहेको छ । त्यस्तै ल्याव टेक्निसियन, रेडियो ग्राफर टेक्निसियन र फार्मेसी टेक्निसियनको लागि मासिक तलब कम्तिमा एक लाख आठहजारदेखि एक लाख ३० हजारसम्म रहेको छ ।

    संचालन राईका अनुसार सबै माग कुवेत सरकारको स्वास्थ्य मन्त्रालय मातहतमा चल्ने त्यहाँका सरकारी अस्पतालहरुको लागि हो । कुवेतका सरकारी स्वास्थ्य संस्थाहरुमा काम गर्ने गरि पहिलो पटक हालसम्मकै धेरै फार्मेसी सहायक, रेडियोग्राफी र ल्याब टेक्निसियनको माग भएको म्यानपावरले दावी गरेको छ ।

    म्यानपावरका अनुसार दैनिक आठ घण्टा काम र साताको एक दिन छुट्टि हुने उक्त रोजगारको अवसरमा प्रत्येक बर्ष ३० दिनको छुट्टी सुविधा समेत छ । उक्त रोजगारमा जान चाहने इच्छुक योग्यता पुगेका नेपालीहरुले पहिलो चरणमा कुवेतबाट आएका अधिकारीहरुले लिने परिक्षा पास गर्नुपर्ने र त्यसको आधारमा छनौट भएकाहरुको मात्र अन्तर्वार्ता लिइने म्यानपावरले जनाएको छ ।

    परिक्षा पास गरेकै आधारमा अन्तर्वार्तामा समेत छनौट भएकाहरुलाई कुवेतमा काममा जोडिएपछि लाइसेन्स दिइने उनले बताए । बिएससी र बिएन नर्सिङको परिक्षा २८ एप्रिल २०२३ मा र डिप्लोमा नर्सिङको परीक्षा १५ मेका दिन हुनेछ ।

    नेपाल संधै सामान्य ‘लेवर सेन्डिङ कन्ट्री’को रुपमा मानिने अवस्थामा नेपालले उच्च दक्षता भएको कामदार पनि पठाउँछ भन्ने सकारात्मक संदेश समेत दिन सकिने भएकाले प्रयाप्त कामदार भर्ति गराउन आफ्नो कोसिस रहेको संचालक राईले बताए ।

    उनले यो डिमाण्ड सहज पूर्ति गराउन सके भविष्यमा अझै धेरै उच्च तलबमा नेपाली नर्स र डाक्टरहरु रोजगारमा पठाउन सकिने बताए । राईका अनुसार कुवेतका लागि नेपाली नर्सहरु फिलिपिन्सपछिकै सबैभन्दा राम्रो नर्स मानिन्छन् । साभार : साझा सवाल

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं