SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१/७ गते
    ६६१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,।

    नेपाली कांग्रेसका प्रभावशाली नेता उमेश श्रेष्ठ चितवन–२ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार जितनारायण श्रेष्ठलाई जिताउन चितवन झरेका छन् । भर्खरै पिसाब थैलीको सर्जरी गरेका श्रेष्ठ आज (बुधबार) चुनावी अभियानमा सामेल हुन चितवन झरेका हुन् । गत मंसिरमा भएको निर्वाचनमा सो क्षेत्रबाट उनी उम्मेदवार थिए । उनले रास्वपाका सभापति रवि लामिछानेसँग पराजय व्यहोरेका थिए ।

    बैशाख १० गते हुने उपनिर्वाचनमा भने चितवन–२ मा कांग्रेसका जितनारायणले जित्ने श्रेष्ठको दाबी छ । उनले जितनारायणले ठूलो मतान्तरले चुनाव जित्ने दाबीमात्रै गरेनन्, यसअघि चुनाव जितेका रवि लामिछाने तेस्रो हुने पनि सनसनीपूर्ण खुलासा गरेका छन् । यसपटकको निर्वाचनमा आफ्नो पार्टीको पक्षमा व्यापक जनलहर रहेको उनको दाबी छ ।

    श्रेष्ठले रवि लामिछानेको ह्विम छोटो समयमा नै सकिएको टिप्पणी गरे । अहिले मंसिरमाजस्तो हावाहुरी नचल्ने उनको दाबी छ । चितवन–२ को उपनिर्वाचनमा कांग्रेसका जितनारायणलाई माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले पनि साथ दिएका छन् ।

    श्रेष्ठलाई जिताउनको लागि पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई पनि फिल्डमा उतारेका छन् । सभापति देउवा आज तनहुँ–१ को लागि चुनावी सभामा भाग लिन जाँदैछन् । सो क्षेत्रमा भने गोविन्दराज भट्टराई उम्मेदवार छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं