SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१/६ गते
    १००७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । बैशाख १० गते हुने तीन क्षेत्रका उपनिर्वाचनको तयारी तिव्र रुपमा चलिरहेको छ । केन्द्रबाट नेताहरु निर्वाचन क्षेत्र ओर्लिने क्रम जारी छ । चितवन-२, बारा-२ र तनहुँ-१ मा हुने उपनिर्वाचनको लागि कांग्रेस, एमाले, माओवादी केन्द्र र जसपाबीच महागठबन्धनको तयारी भएको छ ।

    यसअघि दलहरुले तीन वटै क्षेत्रका लागि आ आफ्ना उम्मेदवार उठाईसकेका छन् । तर, केन्द्रमा भने चुनावको मुखमा महागठबन्धन बनाउने तयारी भएको छ। रास्वपाका उम्मेदवारलाई रोक्नको लागि नै प्रमुख दलहरुबीच महागठबन्धनको तयारी भएको छ ।

    उच्च स्रोतकाअनुसार पछिल्लो समय प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा उपनिर्वाचनको विषयमा पनि छलफल भएको थियो ।

    सभामुख देवराज घिमिरेको उपस्थितिमा बस्दै आएको तीन दलका शीर्ष नेताहरुको बैठकमा संक्रमणकालिन न्याय टुँग्याउने विषय र संवैधानिक परिषद्को बैठकमार्फत प्रधानन्यायाधीशको नियुक्त गर्ने विषयमा छलफल हुँदै आएको बताईएको छ । तर, यसको अलावा शीर्ष तीन नेताहरुबीच बैशाख १० गतेको उपनिर्वाचनको विषयमा पनि छलफल भएको स्रोतको दाबी छ । आजमात्रै पनि शीर्ष नेताहरुबीच उपनिर्वाचनमा महागठबन्धन गर्ने विषयमा छलफल भएको हो ।

    तीन नेताले चितवन-२ मा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेलाई सघाउने, तनहुँ-१ मा कांग्रेसका गोविन्द भट्टराई र बारा-२ मा उपेन्द्र यादवलाई जिताउने सहमति गरेको चर्चा छ । चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने उम्मेदवार छन् । उता, तनहुँ १ मा पनि रास्वपाका डा. स्वर्णिम वाग्ले मैदानमा छन् ।

    उता, बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहा र रास्वपाका रमेश खरेल चुनावी मैदानमा छन् । सो क्षेत्रमा महागठबन्धन भए जसपाका अध्यक्षसमेत रहेका उम्मेदवार उपेन्द्र यादवलाई सघाउने तयारी भएको छ । महागठबन्धनको टुँगो भने आजै लाग्ने बताईएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं