
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका एक प्रहरी निरीक्षक कारबाहीमा पर्ने भएका छन् । सवारी ज्यान मुद्दामा चालकलाई मुद्दा नचलाई उन्मुक्ति दिएको घटनामा इन्सपेक्टर हरिबहादुर वली कारबाहीमा पर्न लागेका हुन् । वली प्रधानमन्त्रीको सुरक्षा टिममा छन् ।
वली एक वर्षअघि प्रहरी वृत्त सातदोबाटोमा कार्यरत रहँदा दुर्घटनामा मृत्यु भएको घटनामा चालकलाई मुद्दा नचलाई छाडिएको थियो । हालै डिएसपी भुवनेश्वर साहको नेतृत्वमा छानबिन गरी उनी लगायत प्रहरीमाथि कारबाही सिफारिस भएको हो ।
इन्सपेक्टर वलीसहित वृत्तका तत्कालिन प्रमुख दिनेश घिमिरे, इन्स्पेक्टरहरु श्यामकुमार कटवाल, योगेश खरेल र अरुण भट्टराई, बरिष्ठ सई उद्धव महत र जवान पञ्चु रुम्बामाथि कारबाही प्रक्रिया अघि बढेको हो । उनीहरुमध्ये भट्टराईले भने अवकाश पाइसकेका छन् ।
गत वर्ष पुस २५ मा ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा भएको दुर्घटनामा मोटरसाइकलचालक राममोहन श्रेष्ठको मृत्यु भएको थियो । अदालतमा मुद्दा दर्ता गर्नुपर्नेमा प्रहरीले चलखेलका आधारमा मिलापत्र गराएको अहिले आएर खुलेको हो ।
श्रेष्ठ आफैँले चलाएको बा.४३प ८६९६ नम्बरको मोटरसाइकल र सुरज तामाङले चलाएको प्रदेश २–३२ प ९७०७ नम्बरको मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको थियो । जसमा अर्काे मोटरसाइकलका चालकलाई मुद्दा नचलाई मिलापत्र गरिएको थियो । जबकि, सवारी ज्यान मुद्दामा प्रहरीले मिलापत्र गर्न मिल्दैन । नौ लाख रुपैयाँ क्षतीपुर्ती दिने सहमतिमा प्रहरीले मिलापत्र गराएको थियो । तर, सहमतिअनुसार पैसा नभएपछि पीडितहरु प्रहरीमा पुग्दा यसको रहस्य खुलेको हो ।
त्यतिबेला मुद्दा शाखामा इन्सपेक्टर श्याम कुमार कटवाल थिए । तर, कटवालले छानबिन समितिको बयानको क्रममा इन्सपेक्टर वलीकै निर्देशनमा त्यसरी मिलापत्र गरेको बताएका छन् ।
अर्काेतर्फ लाइसेन्स नै नभएका चालकलाई अर्काको लाइसेन्स देखाएको आधारमा जोगाइएको समेत पाइएको छ । यो प्रकरणमा कारबाही सिफारिस भएकाहरु रोकाउनका लागि शक्तिकेन्द्रबाट प्रहरी नेतृत्वलाई दबाब दिइरहेका छन् । इन्सपेक्टर वलीले पनि बालुवाटारको पावर लगाएका छन् ।
प्रचण्डको सुरक्षामा डिएसप िसिद्धराज न्यौपाने नेतृत्वको टोली खटिएको छ । जसमा इन्सपेक्टर वली लगायत छन् । सवारी ज्यान मुद्दामा समेत मिलापत्र गराउने गैरव्यवसायिक प्रहरी अधिकृत प्रधानमन्त्रीको सुरक्षामा बस्नुले यसले गम्भीर प्रश्न उठाएको छ ।
सो घटनामा सातदोबाटो वृत्त र इमाडोल प्रहरी प्रभागको यसमा मिलेमतो देखिएको छ । घटनाको वेला इमाडोल प्रभागको प्रमुखमा इन्स्पेक्टर योगेश खरेल कार्यरत थिए । उनले घटनाबारे माथिल्लो निकायलाई जानकारी समेत गराएनन् भने अर्काेतर्फ चालक तामाङलाई एक रात थुनेर भोलिपल्टै छाडिदिएका थिए । साथै चालक तामाङले चलाएको मोटरसाइकलमा पछाडि एक व्यक्ति पनि सवार रहेको पछि सिसिक्यामेरामा देखिएको थियो, तर प्रहरीले त्यो बारेमा बुझ्ने कामै गरेन ।
खरेलपछि इमाडोल प्रभागमा खटिएका इन्स्पेक्टर अरुणकुमार भट्टराईले नियमविपरीत बिमा रकमका लागि सगरमाथा इन्स्योरेन्सलाई पत्राचार गरेका थिए । जबकि, यस्तो पत्राचार मुद्दा चल्ने प्रहरी कार्यालयले मात्र लेख्न मिल्छ । यो घटनाले प्रहरी अनुसन्धानकै धज्जी उडेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया